तीन दशक अघि बनेको ‘’रामायण’’ले यसरी तोड्यो ‘गेम अफ थ्रोन्स’ को रेकर्ड !!
भारत : कोरोना भाइरसले वि`श्वमा त्रा`स फैलाइरहेको छ । यस भाइ`रसका कारण वि`श्वका थुप्रै देशहरुमा लक`डाउन रहेको छ । छिमेकी राष्ट्र भारतमा पनि लकडाउन जारी छ । भारतको टेलिभिजन च्यानल दुरदर्शनमा रामानन्द सागरको धारावाहिक टेलि`श्रृंखला रामा`यण पुन प्रसारण गरिएको छ ।
यस शोले विश्व रेकर्ड बनाउन सफल भएको छ ।सन् १९८७ मा भारतीय टेलिभिजन च्यानल दुरदर्शनमा प्रशारण भएको ‘रामायण ‘ टेलिश्रृंखलाले विश्व कीर्तिमान कायम गरेको हफ । तीन दशकपछि पुनः प्रशारण गरिएको ‘रामायण’ले सबैभन्दा बढी पटक हेरिने श्रृंखलामा रेकर्ड बनाएको हो।
राष्ट्रिय च्यानलको आधि`कारिक ट्वीटर ह्या`न्डलबाट गरिएको ट्वीटका अनुसार रामाय`णको पुन प्रसा`रणले वि`श्वभरमा धेरै दर्शकले हेर्ने शोको रेकर्ड राख्न सफल भएको हो । भारतमा लक`डाउनको कारण कुनैपनि टेलिभिजन सिरियल प्रशारण हुन सकेको छैन किनभने सबैको छायांकन रोकिएको छ ।यो भारतको मात्र हैन, पूरै वि`श्वकै रेक`र्ड हो।
विश्वमा सबैभन्दा धेरै हेरि`एको सो ‘गेम अफ थ्रोन्स’ को अन्तिम संस्करणलाई रामायणले उछिनेर नयाँ रेकर्ड बनाएको हो। रामायणले १६ अप्रिलमा ७.७ करोड दर्शकले विश्भर हेर्दै सर्वा`धिक हेरिएको शो बनेको हो । रामायणमा मुख्य भूमिकामा देखिएका अरुण गोविल, दीपिका चिखलिया र सुनील लहरी पुन चर्चामा आएका छन् ।
निर्देशक रामानन्द सागरले बनाएको रामा`यणले की`र्तिमान रचेको यो पहिलो पटक भने होइन। यसअघि सन् २००३ मा पनि विश्वमै सबभन्दा बढी हेरिएको पौराणिक कथामा यसले कीर्तिमान बनाएको थियो।
खबर हब बाट साभार गरिएको