Videos

दिउँसो मान्छेको सेवा, राती कुकुरको । शिशिर भण्डारी राती राती टोलभरी डुल्दै बाटोका कुकुरहरुलाई खाना खुवाउँदै (भिडियो हेर्नुस)

कोरोनाको कारण बिश्व नै सँकटमा छ, धेरै जना आफ्नो घरमा सुरक्षित हुनुहुन्छ । बाहिर निस्कदा सँक्रमण हुने हो कि भन्ने डर छ तर यो डरका बिच कलाकार तथा सामाजिक अभियन्ता शिशिर भण्डारी भने दिनरात नभनी समाज सेवामा खटिई रहेका छन् ।

कोरोना पछिको केहि समय आफ्नो परिवारलाई समय दिएका उनी जब दुखी पिडितहरुले रुदै फोन गर्न थाले, घरमै बसिरहन सकेनन् र निस्के, समाज सेवामा ।बौद्धमा जुम्ल्याहा छोरी जन्माएको ११ दिनमा आमा बितेपछि शिशिर सहयोग गर्न पुगे । उनीहरुका लागि काठमाडौं भरी डलेर दुध र औषधी उपचार खर्च उठाए ।

त्यसपछि होचा कला कार मेघराज खड्का को परिवारलाई उनले उद्धार गरे भने बनस्थलीका एक बालक र उनको आमाको लागि पनि सहयोग जुटाए । यसै बिच दुई अपाँग छोरा हरुको आमालाई पनि उनले अभियान थालि सकेका छन् । यसै बिच दिउँसो मान्छेको सेवामा व्यस्त शिशिर, राती राती आफ्नो टोल वरी परीका कुकुरहरु लाई खाना खुवाउन थालेका छन् । भिडियो हेर्नुस::

Related Articles

Back to top button
Close