News

काला`पानी क्षेत्रमा हेलि`कोप्टर मार्फत सामान लिएर सश`स्त्र प्रहरी कालापानी जाँदै !! पुरा पढ्नुहोस

काठमाडौं– दार्चुलाको व्यास गाउँपालिका स्थित कालापानी क्षेत्रको सुर`क्षार्थ स`शस्त्र प्रहरी बल खटिने भएको छ ।विकट काला`पानी क्षेत्रमा हेलि`कोप्टर बाट बन्दोबस्तीका सामान लिएर सशस्त्र प्रहरीको टोली पठाउने तयारी गरिएको हो । सशस्त्र प्रहरीका प्रवक्ता प्रवीण`कुमार श्रेष्ठले दार्चुलाको व्यास गाउँपालिका १ छाङरुमा हात`हति`यार र जन`शक्ति पठाउने तयारी गरिएको बताए ।

श्रेष्ठले भने, ‘ हातहतियार र जनशक्ति पठाउने तयारी गरिरहेका छौं ।’ सबै मौसममा त्यहाँ बस्न कठिन हुने उनले बताए । ‘हिउँ पर्ने ठाउँ भएकाले पूर्ण बन्दोवस्तीका साथ टोली पठाउन लागेका हौं ’ उनले भने ।कालापानी क्षेत्रमा बोर्डर आउट पोस्ट (बि.ओ.पी.) राख्ने तयारी पहिलेदे खि नै थियो। तर अहिले सीमामा विवाद देखिए पछि तत्कालै फौज पठाउन लागिएको हो ।

छाङरुमा प्रहरी निरीक्षक (इन्स्पे`क्टर) को कमा`ण्डमा ३५ जनाको टोली राख्ने स`शस्त्र प्रहरी बलको तयारी छ । भौगोलिक रुपमा बिटर छाङ्गरु जाने बाटोको सुविधा छैन । त्यसका लागि सशस्त्रले नेपाली सेनाको हेलिकोप्टरमार्फत् जाने तयारी अघि बढाएको छ ।हेलिकोप्टरमार्फत नै हातहति`यार, गोलीग`ठ्ठा र बन्दो`बस्तीका सामान, ६ महिनासम्मका लागि राशन, साधारण मेडिकल सामग्रीहरुका साथ सशस्त्रको टोली पठाउन लागिएको हो ।

छाङरुमा आज भोलिमै स्थायी बीओपी : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दार्चुलाको माथिल्लो क्षेत्रमा हेलिकोप्टर मार्फत सुरक्षा फौज लैजाने तयारी भइरहेको बताए ।सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा मन्त्री ज्ञवालीले सीमा विवाद भएको स्थानमा सरका`रको उपस्थित गराउन नकिएको र अतिक्रमणको एउटा कारण त्यो पनि भएको स्वीकार गरे । उनले केही दिनमै स्थायी बीओपी छाङरुमा राख्ने उनले बताए ।‘अल्टि`च्युडका कारण स्थायी प्रवन्ध गर्न समय लाग्ने भएकोले केही समय पर्खिएका थियौं । अब आज भोलिमै स्थायी बीओपी छाङरुमा राख्छौं’ उनले भने ।`

मन्त्री ज्ञवालीका अनुसार छाङरुमा ११५ र टिंकरमा १६७ गरेर कुल १८२ घरधुरी सौका समुदायका मानिसको बसोबास छ । उनीहरुको कुल जनसंख्या ११२० रहेको छ । उनीहरु जाडो छल्न दार्चुलाको त`ल्लो भेगमा झर्छन्, तर अहिलेसम्म घोडेटो बाटोसमेत नभएका कारण पास लिएर भारतको भूमि भएर आउनुपर्ने बाध्यता छ ।मन्त्री ज्ञवालीले यस्तो समस्या समाधा`नका लागि पहिलो चरणमा घोडेटो र त्यसपछि मोटरबाटो बनाउने सरकारको तयारी रहेको बताए ।`

Related Articles

Back to top button
Close