News

अब पार्टीको झण्डा होइन, राष्ट्रिय झण्डा बोकेर एक जुट होऔं !!एक शेयर अवस्य गर्नुहोला !!

हेमविक्रम सिलवा`ल ।नेपाल, भारत र चीन बिचको सीमा समस्या दिन प्रतिदिन विवाद भईरहनु ,यसको सामाधान नखोज्नु नेपाली राजनितिक दलहरुको चाहिं कम्युनिष्ट पार्टी, कांग्रेस , राप्रपा, मधेशवादी दल २०४६ सालपछि देशमा जे जस्ता घटनाक्रम भए यसप्रति कहिले पनि जवाफदेहिता भएन ।

अहिले पछिल्लो चरणमा आएर सुस्ता लगायत लिम्प`याधुरा कालापानी लगायतका भुभाग भारतले अतिक्रमण गरिरहँदा यि राजनीतिक दलको सत्ता प्राप्ती फोहरी खेल बाहेक कही गुन्जायस् रहेन । दिल्लीमा १२ बुँदे समझदारी गरेर आएका राजनीतिक पार्टीबाट सीमा र राष्ट्रियताको रक्षा हुन्छ भन्नु कागलाई बेल पाक्यो हर्ष न बिष्मात जस्तै हो ।

यि राजनीतिक दलबाट राष्ट्रियता बच्न सक्दैन । अब समय छदै देशका स्थायी सरकार नेपाली सेना, परम्परागत शक्ति , बुदिजिवी , साहित्यकार , इतिहासकार , पत्रकार , विद्यार्थी र आमनेपाली दाजुभाइ तथा दिदि बहिनीहरुले यस कुरालाई मन न गरी एकजुट हुन स्वतन्त्र नागरिक समाज बिनम्रता पुर्ण अपिल गर्दछ । विश्वव्या पी रुपमा फैलिएको कोभिड १९ रोगका कारण जनता घरबाट बाहिर निस्कने अवस्था छैन । यस विषम घडीमा मित्रराष्ट्र भारत र चीनले जुन किसिमको लिपुलेक देखि मान सरोव रसम्मको स्थलगत सडक निर्माण सम्पन्न गरी उद्घाटन गर्दासम्म नेपाल सरका`रका पर`राष्ट्रमन्त्री बेख`बर हुनु लज्जा कुरा हो ।

यि राजनीतिक दलहरु देश र जनताप्रति उत्तरदायी, जिम्मेवा`रीबोध रहेनछन् भन्ने प्रमाणित भयो । जस्तै १९९९ देखि नै भारतले त्यस क्षेत्रमा क्याम्प खडा गरी बिगत ३० वर्षदेखि मोटरबाटो निर्माणको कार्य भएको र अहिले आएर सम्पन्न भएको भनेपछि नेपालका शासकहरु अन्धाले हात्ती छामे झै सुतेर बसेका थिए त ? अब यस आयातित व्यवस्थाले माक्र्सवाद, लेनिनवाद , माओवाद र नेपाली कांग्रेसको समाजवाद यी वादबाट मुलुक बर्बाद हुनु बाहेक केही भएन ।

आफनो खालको माटो सुहाउँदो शासन व्यवस्था कायम नगर्ने हो भने हाम्रो देश भविष्यमा नरहन पनि सक्ने अवस्था आउन सक्छ । अब यो त्यो बहाना नगरी सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरु पार्टीको झण्डा बोकेर होइन । राष्ट्रिय झण्डा बोकेर एक जुट हुने बेला आएको छ ।

यो शासन व्यव`स्थालाई टिकाइ राख्यौं भने नेपाली जनताको भविष्य अन्धा`कार हुने निश्चित देखिन्छ । यिनलाई जसले सत्तामा ल्याए त्यसको विरुद्धमा यी राजनीतिक दलहरु जान सक्दैनन् । त्यसैका खातिर यस विषम परिस्थ`तिमा देश बचाउने जिम्मा नेपाली सेनाको हो र सेना अघि बढेमा नेपाली जनताले साथ दिने परिस्थिति सिर्ज“ना भएको छ ।

Related Articles

Back to top button
Close