News

८० वर्षीया एकल महिला हीरा`माया राईलाई छिमे`कीले बनाइदिए ओत लाग्ने घर !!

हलेसी तुवाचुङ नगरपालिका–७ महादेव स्थान स्थित ऐसे लुखर्ककी ८० वर्षीया एकल महिला हीरामाया राईलाई स्थानीय खामाखा खार्चुम समाजमा आबद्ध छिमेकी युवाले घर बनाइदिएका छन् । लट्ठीको सहारामा मात्र हिँ`डडुल गर्न सक्ने भूकम्प पीडित हीरा`मायाले नयाँ घर निर्माण गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिक`रणबाट अनुदान पाए पनि जनशक्ति अभावमा घर बनाउन नसकेर बिच`ल्लीमा परेपछि समाजमा आब`द्ध छिमेकी युवाले श्रमदान जुटाएर घर निर्माण गरिदिएका हुन् ।

विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति भएको घर पुनःनिर्माण गर्न प्राधिकरणबाट अनुदानवापतको रकम लिए पनि जनशक्ति अभावमा भूकम्प प्रतिरोधी घर निर्माणको काम गर्न नसक्नु भएकी हीरा`मायालाई श्रम`दान गरेर नयाँ घर निर्माण गरि`दिइएको समा`जका सचिव नवीन राईले बताउनुभयो ।

“उमेरले आफँै डाँडामाथिको घामजस्तै अवस्थामा पुग्नु`भएकी हीरा`मायाले जस्ता`पाता खरिद गर्ने र आवश्यक काठपात तयार पार्नेबाहेक घर निर्मा`णका अन्य काम गर्न सक्नुभएन”, उहाँले भन्नुभयो, “बाल बच्चा समेत नजन्माउनु भएकी हीरा मायालाई ओत लाग्ने ठाउँको व्यवस्था मिलाउन श्रमदान गरेर भूकम्प प्रतिरोधी घर निर्माण गरिदिएका हौँ ।”

हीरामायाको घर निर्माण गर्न सहभागी छिमेकी युवाले जस्तापाता ओसार्ने, जङ्ग`लबाट काठपात ओसार्ने, छाना हाल्नेदेखि घर वरपर सरसफाइ गर्नेलगायतका काममा श्रमदान गरेका थिए । प्राधिकरणबाट अनुदानवापत आएको रकम ही`रामायाकै लागि बचत गरिदिन उहाँको घर निर्माणमा सहभागी सबै युवाले आ–आफ्नै घरको खाना तथा खाजा खाएर निःशुल्क श्रमदान गरिएको समाजका सचिव राईले बताउनुभयो ।

जस्ता पाताको छाना हालेर चिटिक्क पारिएको हीरा मायाको घर वरपर लामो समयदेखि थुप्रिएको फोहर समेत सर`सफाइ गरिएको समाजले जनाएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्र`मण निय`न्त्रण गर्न सरकारले लागू गरेको लक`डाउनका बीचमा पनि समाजमा आब`द्ध छिमे`कीले श्रम`दान गरेर घर निर्माण गरिदिएपछि बेसहारा जीवन बिताइरहनु भएकी हीरामाया समेत ह`र्षित हुनुभएको छ ।

अस`हाय वृद्धा`लाई मानवीय हिसाबले निःस्वार्थभावले सहयोग गरेकामा नगर उपप्रमुख विमला राईले सामाजिक सञ्जाल फेसबुक मार्फत छिमेकी अगुवालाई धन्यवाद दिनुभएको छ । “मानवता हराएको मेरो देश र गैर`जिम्मेवार नागरिक भनेर यदा`कदा बोलिने श`ब्दहरु आज गलत सावित भएको छ”, उहाँले लेख्नु`भएको स्टाटसमा भनिएको छ, “उहाँलाई सहयोग गर्ने छिमेकी उदाह`रणीय पात्र हुनुहुन्छ, साह्रै खुशी लाग्यो ! संयोगले मलाई पनि एकछिन आमाको खुशीको मुहार हेर्ने अवसर मिल्यो ।”

Related Articles

Back to top button
Close