Political ViewsThoughts

नेपाली भुमिमा भारतले सडक बनाएपछि नेपालले लियो बल्ल एक्स`न, माग्यो भारत संग ज`वाफ ! पुरा विवरण हेर्नुहोला!

सरकारले नेपाली भूूमि लिपुलेक सम्पर्क सडकबाट जोडिएको र त्यसको शुक्रबार भारतले उद्घाटन गरेको सार्वजनिक जानकारीमा आउनुलाई खे`दपूर्ण भनेको छ । सन् १८१६ को सुगौली सन्धि अनुसार नेपालको कालीनदीपूर्वको लिम्पियाधुरा, कालापानी–लिपुलेकस हितको भूभागका साथै कालीनदीपूर्वको क्षेत्र नेपालको भएको निरन्तर मान्दै आएको र त्यस सम्ब`न्धमा भारतलाई पटकपटक अवगत गराइको बताउँदै सरकारले पछिल्लोपटक कूटनीतिक नोटमार्फत २०१९ नोभेम्बर २० मा राजनीतिको नक्शा प्रकाशन गरेकामा असहमति जनाइएको स्मरण गराएको छ ।

भारतको पछिल्लो एकतर्फी कदम ऐति`हासिक सन्धि, सम्झौता, दस्तावेज, तथ्य प्रमाण र नक्शाका आधारमा मित्रवत् द्विपक्षीय सम्बन्धको भावना विपरीत मात्र नभई सीमा सम्बन्धी सबै विवाद वार्ताका माध्यम`बाट निरुप`ण गर्ने दुईदेशका प्रधान`म`न्त्रिस्तरमा भएको समझ`दारी`विरुद्ध भएको पर`राष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल र भारत`बीचको मैत्रीपूर्ण सम्ब`को भावनालाई आत्मसात् गर्दै सीमा सम्बन्धी सबै विवादको कूटनीतिक समाधान तिनै सन्धि`सम्झौ`ताका आधारमा नेपालले गर्न चाहेको र त्यसप्रति प्रतिबद्ध रहेको मन्त्रालयले आज जारी गरेको वक्तव्यमा भनिएको छ । नेपाल–भारत सीमा सम्बन्धमा विकसित पछिल्ला घटना`क्र`मलाई दृष्टिगत गर्दै सरकारले नेपाली भूमिमा कुनै पनि किसिमका गतिवि`धि नगर्न वक्तव्य मार्फत भारतलाई आ`ह्वान गरेको छ ।

सरकारले नेपाली भूमि लिपुलेक भञ्ज्याङ`लाई लिएर २०१५ मे १५ मा भारतका प्रधानमन्त्रीबाट भएको चीनको औपचारिक भ्रमणका बेला नेपाल सरकारको स्वीकृति विना नै भारत–चीन द्विपक्षीय व्यापारमार्गका रुपमा विकास गर्ने सहमति भएको संयुक्त वक्तव्यमा समावेश भएपछि त्यसको विरोध गर्दै त्यतिबेला नै चीन र भारत सरकारलाई सम्बोधन गरी छुट्टाछुट्टै कू`नीतिक पत्राचा रद्वारा नेपालको अडान प्रष्ट्याएको स्मरण गराएको छ ।

सीमा विवाद सम्बन्धी सबै थाती रहेका विषयलाई कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेपाल सरकारले बारम्बार जोड दिँदै आएको र त्यसलाई पुनःदोहो¥याउँदै दुवै देशको नेतृत्व तहले दिएको कार्या देशानुसार वार्ता गर्न दुईपटकसम्म परराष्ट्र सचि`वस्तरीय बैठकका लागि नेपालले गरेका प्रस्तावको जवाफ प्राप्त नभएको र त्यसको प्रतीक्षा गरिरहेको वक्तव्यमा उल्लेख छ ।

Related Articles

Back to top button
Close