Banking News

आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्ने

काठमाडौं । मन्त्रि परिषद्को यही वैशाख २४ गतेको निर्णय अनुसार आगामी आइतबार देखि बैंक तथा वित्तीय संस्था`का देशभरका शाखा खुल्ने भएका छन् ।सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्था मार्फत अति-आवश्यक पर्ने कर्मचारी मध्ये एक`तिहाइ कर्मचारीबाट आलो`पालो गरी सेवा सञ्चा`लन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयका आधारमा आइतबार देखि सबै बैंक तथा वित्तीय संस्थाका शाखा स्वास्थ्य सुरक्षाका मा`पदण्ड पूरा गरी स`ञ्चालनमा ल्याउने तयारी गरिएको हो । एन.एम.बी. बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीका अनुसार सरकारको निर्णय अनुसार आवश्य`कताका आधारमा एकतिहाइ कर्मचारी राखेर शाखा सञ्चा`लनमा ल्याउन लागिएको हो ।

नेपाल बैंकर्स स`ङ्घले सबै बैंकका सम्पूर्ण शाखा खोल्न आग्रह गरेको छ ।एक पटकमा शाखा कार्यालयमा पाँच जनाभन्दा बढी सेवा`ग्राहीलाई प्रवेश नदिने, मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सुरक्षाका सामग्री बैंकका कर्मचारी र सेवा`ग्राहीका लागि समेत अनिवार्य गरिएको छ ।

‘लकडाउन’को अवधिमा बैंकले आलोपालो सेवा दिँदै आएका थिए । शाखा कार्यालय नजिक रहेका ए.टि.एम. काउन्टर बन्द गरिएका थिए भने अन्य स्थानमा ए.टि.एम. सञ्चा`लनमा ल्याइएको थियो ।सरकारले गत चैत ११ गतेदेखि कोरोनाको स`ङ्क्रमण बढ्न नदिन ‘लक-डाउन’ घोषणा गरेसँगै बैंक तथा वित्तीय सं`स्था आं`शिक रुपमा खुलेका थिए ।

उनीहरुले ग्राहकलाई बढी भन्दा बढी विद्युतीय माध्यम मार्फत कारोबार गर्न आग्रह गरेका थिए । सरकारको पछिल्लो निर्णय लगत्तै बैंकका शाखा खुल्ने निर्णयले ग्राह`कलाई थप राहत पुग्ने विश्वा`स लिएको छ ।

Related Articles

Back to top button
Close