News

भारतले ३ लाख भन्दा बढी नाग`रिकहरु लाई आफ्नो देश ल्याउँ`दैछ, नेपाल सर`कारले कहिले ल्या`उने ???

बिहीबार बैशाख २५ गते भारतबाट अमेरिका, फिलि`पिन्स, सिंगा`पुर, बंगलादेश, युएई, युके, साउदी अरेबिया, कतार, सिंगा`पुर, फिलिप्पीन्स, ओमान, बहरेन र कुवेतका लागि उडानहरू जाँदै छन् आफ्ना नागरिकहरुलाई फिर्ता ल्याउन ।

लेखक : दीप-बहादुर बडुवाल (दीपक) – कोरोना भाइ`रसको कारणले गर्दा विदेशमा अलपत्र परेका आफ्ना हजारौं नागरिकहरू लाई भारतले बैसाख २५ गते बिहीबार देखि वि`श्वको सबैभन्दा ठूलो निकासी अभियान शुरू गरेर हवाई र समुद्री मार्ग मार्फत फिर्ता ल्याउने भएको छ । तीन लाख भन्दा बढी भारतीयहरूले उडान घर (flight home) को लागि भारत सरकार संग अनुरोध गरेका थिए ।

पश्चिमी एशिया र माल्दि`भ्समा अडिएका भारतीयहरूका लागि नौसैनिक युद्ध`पोतहरू पनि तयार भै सकेका छन । खाडी युद्ध पछिको यो पहिलो सबैभन्दा ठूलो निकास अ`भ्यास (Evacuation Exercise) हुनेछ । खाडी यु`द्धको बेलामा पनि भारतले आफ्नो राष्ट्रिय एयरलाइन्स एयर इंडि`याका थुप्रै बिमानहरु बाट आफ्ना १ लाख ७० हजार नागरिकहरुलाई हवाई मार्ग मार्फत फिर्ता ल्याएको थियो । त्यतिबेलाको त्यो घटना पनि सं`सारकै सबै भन्दा ठूलो निकास (Evacuation) थियो ।

भारतीय नागरिकहरु झैं हाम्रा देशका नागरिकहरु पनि धेरै देशमा अलपत्र परेका छन । धेरैको रोजगारी खोसी सकिएको छ । उनिहरु पनि आफ्नो देशमा फर्किन चाहन्छन । कैयौं चोटी सरकार संग अनुरोध पनि गरी सकेका छन । सरकारमा बसेका सम्बन्धित व्यक्तिहरू (officials) ले एक चोटी सोच्नु पर्ने हुन्छ कि अलपत्र परेका ऊनि नागरिकहरुको ठाउँमा यदि तपाई भएको भए, तपाईलाई कस्तो महसूस हुन्थ्यो होला ?

संसारको सबैभन्दा ठूलो निकास शुरू गर्न भारतले १० बुँदे गाइडलाईन तयार पारेको छ, हेर्नुहोस:

  • १. १३ देशहरूमा रहेका १४ हजार ८ सय भन्दा बढी भारतीयहरुलाई पहिलो सातामा ६४ उडानले फिर्ता ल्याउने छ, विदेश मन्त्रालयले भनेको छ, “हामी भारतीय नागरिकहरुलाई मात्र फिर्ता ल्याउने छौं, कुनै ओसीआई (भारतका ओभरसीज सिटिजन) कार्ड हुनेहरुलाई होइन ।”
  • २. निकासको पहिलो दिन भोली बैसाख २५ गते, बिहीबारका दिन जुन विभिन्न देशहरुका एयरस्पेस बन्द हुने भएका छन त्यहाँ फसेका २ जाजर ३ सय भारतीय नागरिकहरुलाई फिर्ता ल्याईने छ ।
  • ३. आगामी केही दिनहरूमा सरकारले १० उडान युएईका लागि, संयुक्त राज्य र युकेका लागि १० उडान, साउदी अरेबियाका लागि ५ उडान, सिंगापुरका लागि ५ उडान र कतारका लागि २ उडानहरू सञ्चालन गर्नेछ । त्यसैगरी मलेसिया र बंगलादेशका लागि ५-५ पाँच उड़ान, कुवेत र फिलिपीन्सका लागि पनि ५-५ उड़ान र २-२ उड़ान ओमान र बहरीनका लागि सञ्चालन गर्ने भएको छ ।
  • ४. प्रत्येक उडानमा सामाजिक दूरी सुनिश्चित गर्नका लागि २०० देखि ३०० यात्रुहरू भन्दा बढ़ी हुने छैनन । विशेष उडानमा चढ्नु भन्दा पहिले, यात्रुले उनीहरूलाई ज्वरो, खोकी, मधुमेह वा कुनै श्वासप्रश्वासको रोग छ कि छैन भनेर घोषणा गर्न आवश्यक हुनेछ ।
  • ५. अन्य भारतीयहरु जो संग वैध भिसा छ र आ-आफ्नो गन्तव्य देशमा जाने अनुमति छ भने तिनिहरुलाई पनि नागरिकहरूलाई फिर्ता ल्याउने त्यसै उडान मार्फत यात्रा गर्ने अनुमति दिइनेछ ।
  • ६. सबै यात्रुहरूको स्क्रीनिंग गरिनेछ र केवल सम्भावित यात्रीहरूलाई मात्र यात्रा गर्न दिइनेछ, सरकार भन्छ । घर पुग्ने बित्तिकै उनीहरू १४ दिनसम्म अलग्गै रहनेछन् ।
  • ७. नौसेनाद्वारा तैनाथ गरिएका तीन जहाजहरू आईएनएस शार्दुल, आईएनएस मगर र आईएनएस जलाश्वा हुन्। विशाखापट्टनममा रहेको आईएनएस जलाश्वाले अरबी सागरमा प्रवेश गरी सकेको छ । भारतीय वायुसेनाले बोईंग कम्पनीको सी-१७ ग्लोबमास्टर र लकहीड मार्टिन कर्पोरेशनको सी-१३० जे सुपर हरक्युलिस समेत आफ्ना ३० एयरक्राफ्टहरु मिसनको लागि तयार पारेको छ।
  • ८. भारतले मार्चको अन्तमा सबै उडानहरू प्रतिबन्धित गर्दै कोभिड-१९ लाई जाँच्न र अन्तरराष्ट्रीय माध्यम बाट भाईरस भित्रिन नदिन विश्वको सब भन्दा कडा तालाबन्दी (lock down) लगायो, हजारौं कामदार र विद्यार्थीहरू जता ततै अलपत्र परे । नागरिकहरूलाई फिर्ता ल्याउने, उनीहरुलाई सुरक्षा दिने र क्वारेन्टाइन गर्ने उपयुक्त व्यवस्था नगरे सम्म सरकारले निकासीको अहिलेसम्म प्रतिरोध गरिरहेको थियो ।
  • ९. गर्भवती महिला, बुढाबुढी, आपतकालिन चिकित्साको खाँचो भएका र गम्भीर बिरामी परेका परिवारलाई प्राथमिकता दिइनेछ ।
  • १०. अहिले सम्म भारतमा ४९ हजार भन्दा बढी कोरोनाभाइरसका संक्रमितहरू भेटी सकेका छन् भने लगभग १ हजार ६ सय ९४ जनाको मृत्यु भै सकेको छ ।

Related Articles

Back to top button
Close