Thoughts

थाइल्या`न्डमा म सित कार छैन, म य`हाँ सार्व`जनिक सवारी साधन`मा यात्रा गर्छु : पूर्णि`का शाह

राजतन्त्र ढलेपछि आम नागरिकमा परिणत भएको पूर्वराज परिवा रप्रति अहिले पनि जन`चासो उत्तिकै छ । पछिल्लो समय युवा पुस्तामा चर्चा कमाइरहेकी पूर्वराजपरिवार सदस्य हुन् पूर्णिका शाह ।पूर्वयुवराज पारस र युवराज्ञी हिमानीकी जेठी छोरी पूर्णिका अहिले अध्ययनका क्रममा थाइल्यान्डमा छिन् ।

इन्टरने`सनल बिजनेसमा स्ना`तक अध्ययनरत उनी सामाजिक सञ्जालमा आफ्नो तस्वीर र स्टाटसहरू अपडेट गरि रहन्छिन् । १९ वर्षमा हिँडिरहेकी पूर्णिका अहिले धेरै कुरा बुझ्ने भइसकिन् । सामाजिक सञ्जाल`मा फलोअ र्सहरूले उनलाई ‘शालिन’ र ‘बौद्धिक’ भनेर प्रशंसा गर्ने गर्छन् ।पूर्णिकाले हालै फलोअर्सहरूसँगको अन्तरक्रियामा आफ्नो निजी जीवनका केही रहस्योद्घाटन गरिन् । उनले आफू प्रेममा रहेको संकेत गरेकी छिन् ।

‘qooh.me’ नामक वेवसाइटमा अकाउन्ट खोलेकी पूर्णिकाले त्यहाँ प्रश्नकर्ताहरूका ४८ वटा प्रश्नको जवाफ दिएकी छिन् । यो यस्तो वेव`साइट हो, जसमा व्यक्तिका निजी जीवनसँग सम्बन्धित वा अरू विषयमा जे पनि प्रश्न सोध्न सकिन्छ । खास गरी, टिन एजका केटीहरूमा यो वेवसाइट लोकप्रिय छ ।

एक प्रश्न कर्ताले पूर्णिकालाई ‘तपाईंको ड्रिम ब्वाइ कस्तो हुनुपर्छ ?’ भनी सोधेका थिए । यसमा पूर्णिकाले जवाफ दिएकी छन्, ‘मलाई लाग्छ, मैले आफ्नो ड्रिम ब्वाइ भेटिसकेँ ।’पूर्णिकालाई एउटा नमीठो प्रश्न पनि सोधिएको छ ।‘तपाईंका बुबा र हजुरबुबाले वीरेन्द्रको सम्पूर्ण परिवारको हत्या किन गरे ?’ एकजनाले सोधे ।

त्यसलाई पूर्णिकाले जवाफ फर्काएकी छिन्, ‘यदि तपाईंलाई यो कुरा साँचो लाग्छ भने मलाई किन फलो गर्नुहुन्छ ?’पूर्णिकाले राजनीतिमा आफ्नो रुचि नरहेको बताएकी छिन् ।पढाइ सिध्याएपछि सधैंका लागि नेपाल फर्किने उनको भनाइ छ । साथै भविष्यमा कुनै आध्या त्मिक कर्ममा संलग्न हुने योजना पनि उनले सुनाएकी छन् ।

पूर्णिका`सँगका अन्य केही रमाइला प्रश्नोत्तर यस्ता छन् : प्रश्न : धेरै नेपाली केटीहरू तपाईंका भाई हृदयन्द्र प्रति हुरु`क्क हुन्छन् । उनको बारेमा टिक`टक भिडियो बनाउँछन्, दिउँसै सपना देख्छन्, आफ्नो प्रोफाइल पिक्चर परिवर्तन गर्छन् । उनीह`रूलाई तपाईंको सन्देश के छ ?पूर्णिका : सबैको माया र साथलाई हामी कदर गर्छौं । प्रश्न : तपाईंको प्रेरणा स्रोत को हो ? पूर्णिका : मेरी आमा bप्रश्न : तपाईंको सबैभन्दा ठूलो शक्ति के हो र तपाईं तनाव र दबाबलाई कसरी सामना गर्नुहुन्छ ? पूर्णिका : मेरी आमा नै मेरो सबैभन्दा ठूलो शक्ति हुनुहुन्छ । उहाँले सधैं मलाई राम्रो मान्छे बन्नलाई प्रोत्साहन गर्नुभयो ।

Related Articles

Back to top button
Close