Lockdown News

आजबाट लक-डाउन केही खुकु`लो भए पनि यी सेवा क्षेत्र खो`ल्न नपाइने (सूची सहित)

काठमाडौं- सरकारले आज बाट लक-डाउनलाई केही खुकुलो बनाउँदै सशर्त केही सेवा क्षेत्रहरु खोल्न दिने भएको छ । केही उद्योग प्रति`ष्ठान सहित विभिन्न सेवा क्षेत्रलाई सुरक्षा विधि अपनाउदै सञ्चालन गर्न दिइने बताइए पनि केही क्षेत्र अझै पनि खोल्न नपाइने जनाइएको छ ।

सरकारले विश्व-विद्यालय, क्या`म्पस लगायत सबै शै`क्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र, गैरखाद्यवस्तु विक्री विरतण गर्ने व्यवसायिक मलहरु रहेका छन । त्यस्तै होटल, बार, रेष्टुरन्ट स्टोर, सिनेमा हल, धार्मिक संस्था, फन पार्क, पार्टी प्यालेस, सार्वजनिक भेला, रंग`शाला, जिमसेन्टर, ब्युटी पार्लर सञ्चालन गर्न नपाइने निर्णय गरेको हो ।

त्यस्तै, १२ वर्षमुनिका बालबालिका, ७० वर्ष पुगेका ज्येष्ठ नागरिक, गर्भवती महि`लाले घुमघाम गर्न पाउने छैनन् ।आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक यात्रुवाहक हवाई उडान गर्न पाईने छैन । केवलकार र रेलसेवा सञ्चालनमा पनि रोक लगाइएको छ ।

नेपालको कुनै पनि भूभागमा संक्र`मणको जोखिम बढी देखिएमा माथि उल्लेख गरिएका व्यव`स्थाहरु स्थानीय प्रशासनले निश्चित अवधिसम्म सञ्चा`लनमा रोक लगाउन सक्नेछ ।

Related Articles

Back to top button
Close