Religious

आज २५६४ औं बुद्ध जयन्ती मनाइँदै !!!

काठमाडौं- आज २५६४ औं बुद्ध जयन्ती । बौद्ध धर्माव`लम्वीहरूले घर-घरमै विशेष स्मरण गरी मनाउँदै छन् । यस वर्ष कोरोना भाइरस (कोभिड १९) को महा`मा`रीका `त्रासले बुद्ध जयन्तीका अवसरमा गरिने औपचारिक कार्यक्रम आयोजना भएका छैनन । वि`श्व शा`न्तिको कामना व्यक्ति`गत रूपमै बुद्ध जयन्ती मनाइँदैछ।

शान्तिका अग्रदूत एवं एशियाका ताराको रूपमा प्रसिद्ध महा`मानव गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महा`परिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रूपमा महत्वका साथ स्मरण गर्ने गर्छन् ।कोरोना भाइरसको जोखिमका कारण यस वर्षको बुद्धजयन्ती प्रार्थना र पूजापाठ गरी सीमित व्यक्तिहरुका बीचमा मनाइन लागेको जनाइएको छ ।

लुम्बिनीस्थित विहार, मोनाष्ट्री र गुम्बाका भिक्षु भिक्षुणी, लामागुरु, गुरुमा र अनागरिकाद्वारा मायादेवी मन्दिरमा उक्त दिन विहान पूजापाठ गरी मनाइने लुम्बिनी विकास कोषका सदस्य सचिब ज्ञानीन राईले जानकारी दिए । राइका अनुसार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निर्देशनको पूर्ण पालना गर्दै निश्चित भौतिक तथा सामाजिक दूरी कायम अत्यन्त सीमित व्यक्तिमाझ गरी पूजा र प्रार्थना गरिँदैछ ।

विगतमा लुम्बिनीमा यस दिन श्रद्धालुहरूको भीड लाग्ने गरेको थियो । काभ्रे`पलाञ्चोकको नमो`बुद्ध, काठमाडौँको बौ`द्ध, स्व`यम्भू, चाबहिल स्थित चारु`मती विहार लगायत बौद्ध बिहार, गुम्बा, स्तूप, चैत्यमा बुद्ध मूर्ति सहित शोभायात्रा र शान्ति पदयात्रा निकाल्ने गरिन्थ्यो ।नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा करीब दुई हजार ६०० वर्षअघि सिद्धार्थ गौतम राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मी २९ वर्षका उमेरमा दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए । कठोर तपस्यापछि सिद्धार्थ गौतम नै गौतम बुद्धका नामले प्रसिद्ध भए ।

६ वर्षको तपस्यापछि ३५ वर्षका उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा बुद्धत्व प्राप्ति भयो। यसपछि बुद्धका रुपमा विश्व प्रसिद्धि पाएका हुन् । ३६ वर्षको उमेरमा सारनाथमा उनले पहिलो पटक पाँच शिष्यलाई प्रवचन दिएका थिए । जसलाई ‘धर्मचक्र प्रवत्र्तन’ भनिन्छ।सारनाथमा चार आर्य सत्यका विषयमा बुद्धले पहिलो प्रवचन गरे, जसमा संसार दुःखै-दुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुनसक्छ र दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन् भन्ने विषय थियो ।

Related Articles

Back to top button
Close