News

अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने सर`कारको निर्णय !!

काठमाडौँ — सरकारले अन्तर्रा`ष्ट्रीय सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । छिमेकी भारतमा कोरोना संक्र`मितको सं`ख्या बढिरहेका बेला सीमा नाका जेठ १८ सम्म बन्द गर्ने र थप कडाई पनि गर्ने निर्णय बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो ।

आजै बसेको मन्त्रि परिषद्को बुधबार बसेको बैठकले लकडा`उनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको थियो । यस्तै अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका आवा`गमनमा लगाएको रोकलाई मे ३१ अर्थात जेठ १८ गतेसम्म लम्ब्या`उने निर्णय भएको छ ।

अन्तराष्ट्रिय तथा राष्ट्रीय हवाई उडान र सीमा नाकामा आवा`गमनमा लगाएको रोकलाई जेठ १८ गतेसम्म लम्ब्याउने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । यो संगै अब अन्तर्राष्ट्रीय र राष्ट्रीय हवाई उडानमा लगाएको प्रतिबन्धलाई पनि बढाएर जेठ १८ सम्म पुर्‍याएको हो ।

साथै बैठकले भोलि २५ गते बुद्ध जयन्तीको अवसरमा साँझ ७ बजे दीप प्रज्ज्व`लन गर्न पनि नागरिक हरुलाई आग्रह गरेको छ । चैत ११ देखि सरकारले जारी गरेको लक-डाउनको अवधि भोलि बिहीबार सकिँदैछ । लक-डाउनकै बीच यति बेला नेपालमा कोरोना संक्र`मितको संख्या ९९ पुगेको छ ।

प्रधानमन्त्री के.पी. शर्मा ओली समेत सहभागी कोभिड–१९ सम्बन्धी उच्च`स्त`रीय समन्वय समितिको मंगल बारको बैठकमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यसैअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश भएको थियो । तर, प्रधानमन्त्री ओलीले अहिले नै क्षेत्र छुट्याएर जाँदा अप्ठयारो स्थिती आउन सक्ने भनेपछि लकडाउन लम्ब्याइएको हो । भारतमा संक्रमित बढ्दै गएकाले नेपालमा चेक जाँजको दर बढाउदै लैजान विषयमा पनि समितिमा छलफल भएको छ ।

मंग`लबार बालुवाटारमा बसेको कोरोना संक्र`मण रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समिति बैठकमा संक्र`मण शून्यमा झार्ने विषयमा छलफल भएको थियो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको २३ औं बैठकमा कृषि र उद्योग क्षेत्रका कामलाई मापदण्ड अनुसार निरन्तरता दिँदै कोरोना नियन्त्र`णमा अहिले भएका सबै प्रयासलाई यथावत राख्दै संक्र`मण शून्यमा झार्ने विषयमा छलफल भएको थियो।

कोरोना भाइरसको संक्र`मण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि लक-डाउन गरेको थियो। पछिल्लो पटक थपिएको लक-डाउनको अवधि भोलि सकिँदै थियो। लक-डाउनकै अवधिमा नेपालमा कोरोनाको संक्र`मण भने बढिरहेको छ। लक-डाउन सुरू हुँदा नेपालमा २ जनामात्र कोरोना संक्र`मित थिए भने अहिले ९९ जना पुगेका छन्।

Related Articles

Back to top button
Close