Corona (COVID-19) Updates

नेपालमा थप १७ जनामा कोरोना संक्र`मण पुष्टि, संक्र`मितको संख्या ९९ पुग्यो !!!

काठमाडौं– नेपालमा थप १७ जनामा कोरोना भाइरसको संक्र`मण देखि`एको छ । `स्वा`स्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पर्साको वीरगन्जका थप १७ जनामा कोरोना भाइरसको संक्र`मण देखिएको हो ।

संक्रमण हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् ।थप १७ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्र`मितको सं`ख्या ९९ पुगेको छ ।

पास भए पनि सवारी साधन चलाउन नपाइने :: जिल्ला प्रशासन कार्यालय दाङले बन्दा` बन्दी`लाई थप कडा गर्न थालेको छ । अत्या`वश्यक सवारी साधनबाहेक पास भए पनि कसैका गाडी गुडाउन नदिने निर्णय भएको जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले बताउनुभयो । ख“ड्काका अनुसार पासको बहानामा राति जथाभावी हिँडडुल गर्न लागेको पाइए`पछि यस्तो निर्णय गर्नुपरेको हो ।

छिमेकी जिल्ला बाँकेमा कोराना स`ङ्क्रमित बढेपछि दाङमा बन्दा बन्दीमा कडाइ गर्न थालिएको छ । प्रहरीले शहर बजारमा पासको बहानामा विनाकाम हिँड्नेलाई लाठीसमेत लगाउन थालेको छ । अत्या`वश्यक काम नपरी सडकमा हिँड्नेलाई सडकमै दिनभर राख्ने र बेलुकी`पख प्रशिक्षण दिएर छाड्ने गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्काले जानकारी दिनुभयो ।

मंगलबार जिल्लामा १८१ जनालाई सडकमै राखी प्रशिक्षण दिएर छाडिएको डि.ए.सपी. खड्काले बताउनुभयो । यसैगरी जिल्लाका विभन्न स्थानमा गरी ८० सवारी साधनलाई नियन्त्र`णमा लिइएको छ । महामा`रीका रुपमा फैलिएको कोरोना भाइरसको संक्र`मणबाट बच्न सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन गरेकोे दिनदेखि नै प्रहरीले सवारी साधन निय`न्त्रणमा लिने गरेको थियो ।

Related Articles

Back to top button
Close