Entertainment

नेपाली छोरा दिबेशले अमेरिकामा नेपाल को नाम चिनाई राख्दा, उहाँलाई १ शेयर गरेर अझै अगाडि बढ्न हौसला दिउँ।।

काठमाडौँ — नेपाली गायक दिवेश पोखरेल ‘अमेरिकन आइडल २०२०’को शीर्ष १० मा पुगेका छन् । जोन डेन्भरको ‘टेक मी होम, कन्ट्री रोड्स’ बोलको गीत गाएर उनी आइडलको १८औं सिजनमा शीर्ष १० मा पुगेका हुन् ।

दिवेशले फेसबुकमार्फत् आफू अमेरिकन आइडलको टप टेनमा पुगेको जानकारी दिँदै आफूलाई भोट गर्ने सबैलाई धन्यवाद दिएका छन् । ‘मलाई सुरुदेखि नै साथ दिनु भएकोमा सम्पूर्णलाई धन्यवाद । म शब्दमा बयान गर्न सक्दिन म कति आभारी छु विश्वभरबाट दिनुभएको यो अपार साथको लागि,’ उनले फेसबुकमा लेखेका छन्, ‘भोटिङ गरिदिनु भएकोमा धन्यवाद ।’

उनले धेरै उत्कृष्ट कलाकार, संगीतकार सडक र खाली हलमा गाउने र बजाउने गरेको देखेको उल्लेख गर्दै आफू यहाँसम्म आइपुग्नु ठूलो सपना पूरा भएको बताएका छन् । कोरोना भाइरस(कोभिड-१९) ले गर्दा आइडलका प्रति`स्पर्धीहरुले घर-घरबाटै प्रस्तुति दिएका थिए । ‘कन्ट्री रोड’को प्रस्तुतिपछि निर्णायकहरुले दिवेशको गायकीको प्रशंसा गरे ।

‘तिम्रो प्रस्तुति र तिमीसँग म आफैं जोडिएको अनुभव गरें मैले । क्यामेरा हेरेर प्रस्तुति दियौ, एकदमै राम्रो,’ उनको प्रस्तुति पश्चात निर्णायक केटी पेरीले भनिन् । उनले यसअघि भने दिवेशलाई क्यामेरामा हेरेर गीत गाउन सल्लाह दिइरहन्थिन् । निर्णायक लायोनल रिचीले जोन डेन्भरका गीतलाई ट्विस्ट गरेर प्रस्तुति दिएको भन्दै दिवेशलाई भने, ‘यो तिम्रो हिट रेकर्ड हो । तिमीले जे गर्‍यौ मलाई मन पर्‍यो ।’

अमेरिकन आइडलको स्टेजबाट संसा`रलाई नेपाल चिनाइरहेका दिवेशले हजारौं फ्यान कमाएका छन् । सन् २०१३ मा अमेरिका पुगेका गायक पोखरेलले यसअघि ‘न्यानो घर’,’मन’,’समुन्द्र पारी’, ‘कर्णाली’, ‘प्रलय ए’ र ‘प्रलय बी’ जस्ता गीत सार्वजनिक गरेका थिए । गायक दिवेशको स्टेज नाम ‘अर्थर ग`न’ हो

Related Articles

Back to top button
Close