Lockdown News

आजबाट नेपालगञ्जमा ३ दिनसम्म कर्फ्यू लाग्ने ! कर्फ्युको बेला के गर्न पाइन्छ के पाइदैन ? पुरा पढ्नुहोस !!

नेपालगञ्ज । कोरोना संक्र`मितको सं`ख्या लगातार बढेपछि बाँकेको नेपालगन्जमा आज देखि क`र्फ्यु लगाउने निर्णय भएको छ । सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वद`लीय र सर्वप`क्षीय बैठकले मंगलबार बिहान ११ बजेदेखि वैशाख २५ गतेसम्म नेपाल`गञ्जलाई पूर्णतः निषे`धित क्षेत्र घोषणा गर्दै कर्फ्यु लगाउने निर्णय गरेको हो ।

संघीय सरकारले जारी राखेको लकडाउन सँगै नेपालगन्ज उप`महा-नगरपालिकामा वैशाख २३ गते बिहान ११ बजेदेखि २५ गते मध्य राति सम्म पूर्ण निषे`धित क्षेत्र लागु गरिने प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताउनु भयो । क`र्फ्युको समयमा नेपालगन्जमा औषधि पसल बाहेक सबै खाले पसल, व्यवसाय खोल्न नपाइने प्र`जि`अ खड्काले बताउनु भयो ।

बाँकेमा १६ जनामा कोरोना संक्र`मण पुष्टि भएपछि प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालसहितको टोलीले सोमबार नेपालगञ्ज पुगेर कम्तीमा तीन दिन कर्फ्यु लगाउन जिल्ला प्रशास`नलाई सुझाव दिएको थियो ।

बैठकले सुरक्षा र स्वास्थ्य`कर्मी तथा स्वाब संक`लन गर्ने र कन्ट्र`याक्ट ट्रेसि`ङका जन`शक्तिबाहेक अन्यलाई आवा`गमनमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । आफ्नो क्षेत्र सुर`क्षित गर्ने बहानामा कुनै पनि किसिमले बाटो छेक्ने र राजमार्ग रोक्ने कार्य कोही`कसैबाट गर्न नपाइने र त्यस प्रकारको कार्य गरेमा कानूनी कारवा `ही समेत गर्ने निर्णय भएको छ ।

सामा`जिक तथा धार्मिक स’द्भावमा आँच आउने र खलल पर्ने सामग्री प्रका`शन, प्रसा`रण र पोष्ट गर्ने व्यक्तिको पहिचान गरी तत्काल कानूनी दायरामा ल्याउने निर्णयसमेत बैठकले गरेको छ । नेपालगञ्जमा शुक्रबार र आइतबार गरी १६ जनामा कोरोना संक्रमण देखिएपछि उप`महानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको प्रजिअ खड्काको भनाइ छ ।

उपमहानगरसँग अन्य पालिकाले बढाए दूरी

कोहलपुर–कोरोना संक्र`मित भेटिएपछि उप`महा`नगरपालिकासँग छिमेकी पालिकाले दूरी वढाएका छन् । दुई दिनमा मानिसमा कोरोना संक्र`मण देखिएपछि छिमेकी नगर`पालिका र गाउँ`पालिकाले आवत`जावतमा पूर्ण रोक लगाएका छन् ।लकडाउन कडा बनाउनाका साथै दक्षिणतर्फ भारतको सीमा नाका, उत्तरतर्फ कोहलपुर र राप्ती सोनारी गाउँपालिका तथा पश्चिम`तर्फ सीमा जोडिएको उप`महानगरपालिका क्षेत्र पूर्ण रुपमा बन्द गरिएको डु`डुवा गाउँ पालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले जानकारी दिनुभयो ।

यसैगरी जानकी र खजुरा गाउँपा`लिकाले नेपालग`ञ्जतर्फका नाका बन्द गरेर केही समयका लागि नेपाल`गञ्ज आवत`जावतमा रोक लगाएका छन् । सबै पालिकाले अत्यावश्यक कामबाहेक आवत`जावत रोकि`एको जनाएका छन् । नेपाल`गञ्जतर्फबाट आउने तरकारी लगायत खाद्य वस्तुलाई प्रवेशमा रोक लगाइएको छ । अत्या`वश्यक काम बाहेक घर बाहिर ननिस्कन माइ`किङ गरी सूचना जारी गरिएको र नयाँ मानिस कहीँकतै फेला परेमा क्वारेन्टाइन पठाउन भनिएको स्थानीय समाजसेवी एवं पूर्वप्रहरी निरीक्षक ढाकाराम खत्रीले बताउनुभयो ।

Related Articles

Back to top button
Close