Thoughts

विज्ञ भन्छन्- ‘`परीक्षण नबढाउने हाे भने लकडाउनको कुनै अर्थ छैन’“

काठमाडौँ, २२ वैशाख । भारतले लक-डाउनको अवधि १५ दिन थपे सँगै नेपालमा पनि अहिलेकै जसरी लक-डाउन थपिने वा स्वरूप परिवर्तन गरेर थप्ने भन्ने प्र`श्न उब्जिएको छ ।

ह्याम्स अस्पतालमा कार्यरत डाक्टर किरण पाण्डे, संक्रामक रोग विशेषज्ञ अनुप सुवेदी, डाक्टर भगवान कोइराला तथा गणि`तज्ञ विशेष खनालले जारी महामारी र लक-डाउनका सम्बन्धमा केन्द्रित रहेर अनुसन्धान प्रतिवेदन (प्रि–प्रिन्ट) तयार पारेका छन् ।

‘हामीले गरेको अंकगणितीय जोड–घटाउलाई मान्ने हो भने अरू केही कार्य नगरी एक महिना लक-डाउन गर्ने हो भने अस्पतालहरूमा आउने चापलाई ३६ दिन पर धकेल्न सकिने रहेछ,’ जर्नल सहलेखन गरेका डा. सुवेदीले भने, ‘यस्तै दुई महिना लक-डाउन गर्ने हो भने ७४ दिन पछि धकेल्न सकिने रहेछ ।

तर वार्षिक रूपमा हिसाब गर्दा मृ`त्यु हुनेको सं`ख्यामा कुनै कमी आउने देखिँदैन ।’उनका अनुसार लक`डाउनका साथै सो समयमा भेटिएका संक्र मितको समुचित ढंगले कन्ट्रयाक ट्रेसिङ तथा धेरैभन्दा धेरै परी`क्षण गर्न सकियो भनेचाहिँ त्यसले दीर्घ`कालीन रूपमै धेरै फरक पार्छ ।

‘हामीकहाँ अहिले लक-डाउनको अवधिलाई सदु`पयोग गरेर जुन रूपमा परी क्षणहरू हुनुपथ्र्यो, त्यो भएको छैन । त्यसैले लक-डाउन मात्रैले हामीलाई धेरै फाइदा गर्नेवाला छैन,’ उनले भने, ‘यसरी लक-डाउन मात्रै गर्ने र परी-क्षणमा जोड नदिने हो भने त सबै खोलिदिए हुन्छ ।’ याे खबर कान्तिपुर दैनिकमा छ।

Related Articles

Back to top button
Close