Corona (COVID-19) Updates

नेपालगन्जमा थप ६ जनालाई कोरोना भाइरस संक्र`मण !!

काठमाडौं : बाँकेको नेपालगन्जमा थप ६ जनालाई कोरोना भाइरस संक्र`मण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसं`ख्या मन्त्रालय स्रोतका अनुसार नेपालगन्जकै थप ६ जनामा कोरोना पुष्टि भएको हो।“आइतवार साँझ कोरोना पुष्टि भएकाहरुबारे मन्त्रा`लयका प्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्ति निकालेर पुष्टि गरेका हुन्। उनीहरु शुक्रबार र आइतवार भेटिएका १० संक्रमितकै परिवारका सदस्य र नातेदार रहेको बताइएको छ।

भेरी अस्पतालको ल्याबमा गरिएको परीक्षणबाट उनीहरुमा कोरोना पुष्टि भएको हो। नयाँ संक्र`मितमा १६, २१ र ३४ वर्षीय पुरुष रहेका छन्। त्यसैगरी ४०, ५५ र ६० वर्षीया महिला पनि कोरोना सं`क्र`मित भएका छन्।

आइतवार दिउँसो मात्रै नेपालगन्जमा पाँच पुरुष र चार महिलामा कोरोना पुष्टि भएको थियो। यही शुक्रबार त्यहाँका एकजना ६० वर्षीय मुस्लिम धर्मगुरुमा पहिलो कोरोना संक्रमण देखिएको थियो।

नेपालगन्जमा यसअघि आइतवार दिउँसो संक्र`मण पुष्टि भएका ९ जना कोरोना भाइ`रसका नयाँ बिरामीमध्ये ७ वर्षीय पनि रहेका छन्। स्वास्थ्य तथा जनसं`ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालगन्जमा ७ वर्षीयदेखि ५८ वर्षीयसम्मलाई कोरोना देखिएको जानकारी दिएका छन्। जसमा ५ पुरुष र ४ महिला थिए।

सङ्क्र`मितका परिवार र नजिकका आफन्त आठ जनालाई महेन्द्र बहुमुखी क्याम्पसस्थित क्‍वारेन्टाइनमा राखिएको थियो। कोरोना पुष्टि भएपछि उनीहरुलाई खजुरास्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा लगिने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत एवम् कोरोना फोकल पर्सन नरेशमान श्रेष्ठले नेपालगञ्जमा कोराना सङ्क्र“मितको सङ्ख्या १६ पुगेको बताए।

शनिबार दिनभर सुर`क्षाकर्मी र स्थानीय टोलवा` अगुवाको सहयोगमा कोरोना` परीक्षणका लागि स्वाब नमूना सङ्कलन गरिएको थियो। नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ मा पर्ने जुलाहनपूर्वा टोलमा सङ्क्रमितको आवतजावत हुने गरेको पाइएपछि कोरोना परीक्षणका लागि स्वाब नमूना सङ्कलन गरिएको हो।बाँकेमा मात्रै कोरोना संक्रमितको संख्या १६ पुगेको छ। आइतवार वीरगञ्जमा पनि एकजना सं`क्रमित भेटिएका छन्। योसँगै देशभर कोरोना संक्रमितको संख्या ७५ पुगेको छ।

Related Articles

Back to top button
Close