Corona (COVID-19) Updates

ताजा अपडेट : नेपालगन्जमा भेटिएका ९ संक्रमित पहिले संक्र`मितकै सम्पर्कमा रहेका व्यक्ति भएको पु`ष्टि

काठमाडौं । नेपालगञ्जमा यसअघि संक्र`मण भेटिएको व्यक्तिको सम्पर्कमा रहेका थप ९ जनामा कोरोना संक्रमण पु`ष्टि भएको छ । शुक्र`बार स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत् नेपालगञ्जका ९ जनामा कोरोना संक्र`मण देखिएको पु`ष्टि गरेका हुन् ।

केही शुक्रबार नेपालगञ्ज उप-महानगरपालिका ८ का ५८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको थियो । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार रातीदेखि नै उक्त क्षेत्र सिल गरिएको थियो । शुक्रबार र शनिवार गरी उनको सम्पर्कमा आएका करिब १ सय जनाको स्वाबको नमुनासमेत जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेले संकलन गरेको थियो ।

संकलित नमुनालाई आइतबार पिसिआर मेसिनबाट परीक्षण गर्दा ९ जनामा कोरोना संक्र`मण देखिएको हो । मुस्लिम समुदायका ती पुरुष नेपालगञ्जको मस्जिद र मदरसामा नियमित आवतजावत गर्ने व्यक्ति भएको जनाइएको छ । लकडाउनको समयमा पनि उनी नियमित रुपमा मस्जिद र मदरासामा आवत–जावत गर्ने गरेकाले उनीहरुको सम्पर्कमा आएका सबैको खोजी भइरहेको छ ।

आइतबार थप ९ जनामा संक्र-मणको पुष्टि भएपछि नेपालगञ्ज उपमहानगरको वडा नम्बर ८ क्षेत्र सिल गर्ने तयारी गरिएको छ । संक्रमण पुष्टि भएका थप ९ जनालाई अहिले भेरी अस्पताल नेपालगञ्जमा लगिँदैछ । उनीहरुको सम्पर्कमा आएका अन्य व्यक्तिको पनि खोजी भइरहेको र नमुना संकलन तथा क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

Related Articles

Back to top button
Close