Political Views

माधव नेपाललाई तेस्रो अ`ध्यक्ष बनाउने ‘च्याप्टर क्लोज’, बामदे`वलाई उपयुक्त समयमा प्रधान`मन्त्री बनाइने !!

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र देखिएको वि`वाद हाललाई था`म`थु`म पारिएको छ। शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्रीको विषय खासै नउठेको बताइएको छ ।

यसअघि सचि`वालयका बहुसं`ख्यक नेताहरुले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेको सन्दर्भमा नेताहरुको आन्तरिक परा`मर्शपछि हा`ललाई ओलीलाई नै प्रधानमन्त्रीका निरन्तरता दिने विषयमा समझदारी भएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कमीकमजोरी स्वीकार्दै आत्माआलोचना गरेका थिए भने प्रचण्ड सहितका अन्य नेताहरुले पनि आ`त्मा`आलोचना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले विधि, पद्धति र पार्टीका मूल्य मान्यता अनुसार सरकार स`ञ्चालन गर्ने तथा सरकारले देश र जनताको पक्षमा समाजवाद हासिल गर्ने गरी काम गर्ने निर्णय पनि बैठकले गरेका जानकारी दिए ।

उनले हाललाई पार्टीमा माधव कुमार नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने विषय टुंगिएको बताए । यसअघिको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको यस्तो प्रस्ताव रहेपनि नेपालले नै अस्वीकार गरेको सन्द`र्भमा यो विषय टुंगिएको उनको भनाइ छ ।

यस्तै उपा`ध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रति`नि`धिसमभा उम्मेदवार बनाउने र प्रतिनिधिसभामा प्रवेश गरेपछि प्रधानमन्त्री बनाउने विषयमा सम`झदारी बनेको पनि उनले बताए । बैठकले वैशाख २५ गते स्थायी समिति बैठक बोलाउने निर्णय समेत गरेको छ !

Related Articles

Back to top button
Close