News

अमेरिकाले सुरु गर्‍यो कोरोना भाइरस संक्र`मितको उपचारमा औष`धिको प्रयोग

काठमाडौं – अमेरिकामा कोरोना भाइरसको औषधि प्रयोगमा आएको छ ।फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफ`डीएले कोरोनाभाइरस स`ङ्क्रमणको उपचारमा इबोलाको औषधि रेम्डेसि`भिरलाई नै प्रयोग गर्न स्वीकृत दिएको छ ।उक्त स्वीकृतिसँगै अमेरिकामा कोरोना भाइरसकै लागि पनि औषधि प्रयोगमा आएको हो ।

अबउप्रान्त अमेरिकामा कोभिड-१९ को गम्भीर लक्षण देखिएर अस्पताल भर्ना भएका बिरामीहरूमा उक्त एन्टी भाइरल औषधि प्रयोग गर्न सकिने बी.बी.सी.ले जनाएको छ। फडीएको आपत्‌`कालीन अनुमति भएकाले यो औ`पचारिक अनुमति भने होइन। औपचारिक अनुमतिका लागि थप अध्ययन आवश्यक रहेको बताइएको छ ।

विज्ञहरूले भने इबो`लाको उपचारका लागि विका`स गरिएको र अमेरिकी कम्पनी गिलियडले उत्पादन गर्ने औषधि कोरोना भाइरस वि`रुद्ध अचूक औषधि नभएको दावी गर्दै आएका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प`सँगको भेटमा गिलि`यडका प्रमुख कार्यकारी डानियल ओडेले एफ`डीएको स्वीकृती पहिलो महत्त्वपूर्ण कदम भएको बताए।

यूएस न्याश्नल इन्स्टिट्यूट अफ एलर्जी एन्ड इन्फेक्शस डिजीजेजले १,०६३ जनामाथि गरेको एक अध्य`यनले उक्त औषधिको प्रयोगपछि कोरोनाका लक्षणहरू हराउने समय १५ दिनबाट ११ दिनमा झरेको दाबी गरेपछि रेम्डेसि`भिर औष`धि प्रयो`गमा आएको हो ।

Related Articles

Back to top button
Close