NewsVideos

नेपाल-गन्जमा भारतबाट लुकेर नेपाल छिरेका कोरोनाका बिरामीलाई ठुलो रि`क्स मोल्दै प्रहरी र डाक्टरले लिए यसरि नियन्त्र`णमा (हेर्नुहोस भिडियो)

प्रदेश नं ५ का रुपन्देही र बाँकेमा दुई जनामा कोरोना भाइरस संक्र`मण भएको छ । स्वास्थ्य तथा जनसं`ख्या मन्त्रालयले आज सूचना जारी गरी रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीयमा कोरोना संक्रमण भएको पुष्टि भएको गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार दुवैको स्वास्थ्यावस्था सामान्य छ । यही वैशाख ५ गते भारतबाट सुरक्षाकर्मीलाई छलेर अर्को गाउँपालिकाको सीमा नाका हुँदै रुपन्देहीको कोटहीमाई गाउँपालिका आएका युवकलाई मझगावामा रहेको क्वारेन्टाइनमा राखिएको थियो ।

यस्तै नेपालगञ्ज स्थित भेरी अस्पतालमा सञ्चा`लित भाइरस परीक्षण यन्त्र रियल टाइम पोलिमर चेन रिएक्सन (आर.टि.पि.सि.आर.) मा परी`क्षणका क्रममा रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत एवं कोरोना फोकल पर्सन नरेशमान श्रेष्ठले जानकारी लिनुभयो । उहाँका अनुसार नेपालगञ्जका धार्मिकस्थलमा रहँदै आएका व्यक्तिको स्वाब नमूना जाँ`चका क्रममा आज रिपोर्ट पोजेटिभ भेटिएको हो ।

जनस्वास्थ्य अधिकृत श्रेष्ठले कोरोना स`ङ्क्रमितसँगै रहेका सबैको स्वाब स`ङ्कलन गरिसकिएको जानकारी दिनुभयो । नेपाल`गञ्जमा रहेका मस्जिद तथा मन्दिरमा केही दिनदेखि व्यापक रुपमा स्वाब परीक्षण थालिएको छ । कोरोना भाइरस सङ्क्रमित भेटिएपछि बाँके प्रहरीले यहाँका धार्मिक स्थलमा निगरानी बढाएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला स्थित उच्चस्तरीय सुरक्षा संयन्त्रको बैठकले कोरोना स`ङ्क्रमणको आशं`कामा नेपालगञ्जका चार स्थान बन्द गरेको छ । बाँके प्रशासनले नेपालगन्जको डिएसपी रोड, धम्बोझी, एकलैनी र महेन्द्र पार्क आसपासका क्षेत्र बन्द गरेको छ । नेपा`लगञ्जका यी क्षेत्र साँघुरा र घनाबस्तीयुक्त हुन् । लकडा उनमा मस्जिदमा नमाज तथा अजानका क्रममा नियमित आवतजावत गर्न समस्या पर्ने हुँदा संक्रमित व्यक्ति रमजानको शुरुआतीसँगै उक्त मस्जिदमा बस्ने गरेको बुझिएको छ । सोही मस्जिदका इमामको परीक्षण गर्दा उनको रिपोर्ट भने नेगेटिभ आएको छ । कोरोना संक्रमित उनी लकडाउन शुरु हुनुअघि भारतको नानपारालगायत ठाउँमा गएका थिए । उनको स्वास्थ्यावस्था सामान्य रहेको चिकित्सकले बताएका छन् ।

भारतको सीमा क्षेत्र बहराइचबाट करीब एक महिनाअघि नेपाल फर्किएका उनलाई क्वारेन्टाइनमा राखिएको थियो । महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट झन्डै ६०० जना भागेका थिए । यी संङ्क्रमित पनि भाग्नेमध्ये भएको प्रहरी स्रोतले बताएको छ । प्रशासनका अनुसार संक्रमित व्यक्ति डिएसपी रोडस्थित घरबाट महेन्द्र पार्कस्थित मस्जिदमा दैनिक आउजाउ गर्दै आएका थिए । उनका श्रीमती र छोरा तथा नजीकका छिमेकीको पनि कोरोना जाँच गरिने भएको छ ।

प्रहरीको स्कर्टिङ्गमा एम्बुलेन्समा राखेर उनलाई खजुरास्थित आइसो`लेशन वार्डमा लगिएको हो । स`ङ्क्रमित एम्बुलेन्ससम्म सामान्यरुपमा हिँडेरै आएका थिए । सङ्क्रमितले नेपालगञ्ज –८ स्थित मस्जिदमा सहायकका रुपमा काम गर्दै आएको बुझिएको छ । रमजान शुरु हुनु केही दिन अघि मात्र उनी मस्जिदमा गएर बसेको बुझिएको छ । लकडाउनका अवधिमा मस्जिदमा नमाज तथा अजानका क्रममा नियमित आवतजावत गर्न समस्या पर्ने हुँदा उनी रमजानको शुरुवातीसँगै मस्जिदमा बस्थे । मस्जिदका इमामको परीक्षण गर्दाे रिपोर्ट नेगेटिभ आएको छ । बिरामीलाई अस्पताल लाँदै गरेको दृश्य तल भिडियोमा हेर्नुहोस :

Related Articles

Back to top button
Close