Local News( SHANKHARAPUR)

शंखरापुरको इन्द्रायणी मा ९ जना क्वारेन्टिनमा !!!

शंखरापुर नगरपालिकाको वडा नं. ९ स्थित स्वास्थ्य चौकी भवनमा भारतबाट आएका २ युवती सहित ९ जना व्यक्तिहरुलाई यही बैशाख १९ गते देखि १ हप्ताकोलागि क्वारेन्टीनमा राखिएको छ ।

भारतको विहारबाट धनगढी हुदै शंखरापुर ९ इन्द्रायणीको सानागाँउमा २ जना युवती आएको स्थानीयले जानकारी गराए पछि आरडिटी जाँच गराई क्वारेन्टिनमा राखिएको थियो । वडा अध्यक्ष घनश्याम थापाका अनुसार उनीहरुको सुष्मा कोइराला मेमोरीयल अस्पतालमा गरिएको आरडिटी परीक्षण नेगेटिभ देखिएको थियो ।

चार दिन अघि इन्द्रा`यणीको सानागाँउमा ब`स्ने दिदी भिनाजूको घरमा आई बसेका ती युवती`हरुसित केही स्थानीयले समेत असुरक्षितरुपमा भेटघाट गरिएको कारण ती स्थानीय व्यक्तिहरुलाई पनि क्वा`रेन्टाइनमा राखिएको थियो ।

युवतीहरुका अनुसार उनीहरु डेढ महिना करीब अगाडि भारतबाट काठमाडौं आएको र काम बिशेषले महेन्द्र नगर गएको, त्यति बेलानै लक डाउन भएकोले उतै बसेको बताएका थिए । त्यहाँ पनि आरडिटी जाँच गराएको र रिपोर्ट नेगेटिभ नै आएको बताउदै महेन्द्र नगरबाट प्रशासनलेनै गाडीमा राखेर पठाएको उनीहरुको भनाई थियो । उनीहरुलाई १ हप्ता सम्म क्वारेन्टाइनमा रा`ख्ने ब्यवस्था मिलाएको शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले बताउनु भयो ।

क्वारेन्टिन स्थलमै मेयर श्रेष्ठले उनीहरुको स्वास्थ्य स्थितिबारे जानकारी लिनुको साथै अझै १ पटक आरडिटी जाँच गराउने बताउनुभयो । १ बालक सहित ३ जना महिला र ५ जना पुरुष गरी ९ जना लाई क्वारेन्टिनमा राखिएको र उनीहरुको खाने बस्ने ब्यवस्था नगरपालिकाले गर्ने जानकारी मेयर श्रेष्ठले दिनुभएको थियो ।(स्रोत: लावण्य/साँखु)

Related Articles

Back to top button
Close