News

आठ घण्टा भइसक्यो बहिनीको नि*धन भएको, फोन गरेर बोला`उंदा पनि मला`मी कोहि आएनन् !

काठमाडौंको एक अस्पतालमा बहिनीको नि`धन भएको जानकारी गराउँदै दाइले फेसबुकमा लेखेका छन् , ‘आफन्तहरुलाई फोनबाट पनि सम्पर्क गरे, तर आठ घण्टा भइसक्यो, मलामी जुटिरहेका छैनन् । कोरोना भाइरसका कारण बहिनीको नि`धन भएको पनि होइन, तै पनि ज्यान जाने जोखिमका अगाडि मलामी बन्न आफन्तहरु नै तयार देखिंदैनन् ।’

बेलायतमा रहेका गोर्खाली सैनिक, पूर्व क्याप्टेन गोवर्धन गुरुङले लेखेका छन्, ‘करोडौं पाउण्ड बैंकमा छ, स्वदेश र विदेशमा राम्रो सम्पत्ति छ, तर तीन दिनभयो भात खान पाएको छैन ।’ इस्ट लण्डन जहाँ उनी बसोबास गरेका छन्, वरिपरिका किराना पसलहरु रित्तिइसकेका छन्, लेख्छन्, ‘स्टोरमा केही चकलेट मात्र बाँकी रहेछ, त्यही ल्याएर तातो पानीसँग खाइरहेको छु । मधुमेहको विरामी हुँ, डाक्टरले चक्लेट नखानु भन्थे, तर अरु केही छैन, सुन–चाँदी–पाउण्ड–डलर टोक्नु हुँदोरहेनछ ।’

यस्ता मार्मिक विवरण सामाजिक सञ्जा`लमा यत्रतत्र पाइन्छन् । विश्वका म`हा`शक्ति र समृद्ध मुलुकहरु कोरोना भाइर`सका कारण पराजित हुँदैछन् । युवराजदेखि प्रधानमन्त्री–मन्त्रीहरुसमेत कोरोना भाइरसको चपेटामा परिसकेका छन् । नेपाल जस्तो अल्प विकसित मुलुकले सरकार र प्रतिप`क्ष`बीच कुनै विभाजनको भावन देखाई कोरोना भाइरसकाविरुद्ध एकता प्रदर्शन गरेका छन्, उदाहरणीय व्यवहारका लागि स्यावासी पाइरहेका छन् । तर, विश्व`का म`हाशक्ति राष्ट्रहरुबीच कोरोनाविरुद्ध एकीकृत ढंगले प्रतिरोध गर्ने तत्परता नभएका कारण दिन–रात मृत्युको संख्या बढिरहेको छ ।

कोभिड–१९ पनि भनिने यस भाइरसको संक्रमण कालको प्रारम्भमै विश्व यति धेरै अस्तव्यस्त बनेको छ, जबकि नियन्त्रणात्मक अवस्थामा केबल छिमेकी चीनमात्र देखिन्छ, महाशक्ति अमेरिका लगायत इटली, इरान, स्पेन, फ्रान्स, जर्मनी, बेल्जियम आदि मुलुकहरुमा कोरोना भाइरस डडेलोझैं सल्किरहेको छ । निकट भविष्यमै नियन्त्रणको सम्भावना पनि देखिएको छैन ।

कपिल काफ्लेले न्युजअफनेपालमा लेखेको यो सामग्री हामीले साभार गरेका हौ

Related Articles

Back to top button
Close