News

‘लकडाउन’ अवधिभर विद्युत र इन्टरनेटमा छुट दिइने!

काठमाडौं- सरकारले लकडाउन अवधिको बिजु`ली, टेलिकमकाे इन्टरनेट तथा डाटा प्याकेजमा छुट दिइने भएको छ।१४ गते बसेको मन्त्रि`परिषद बैठकले नेपाल दूर`संचार कम्पनीले लकडाउन अवधिको इन्टरनेट तथा डाटा प्याकेजमा २५ प्रतिशत छुट दिने व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको हो ।

साथै निजी सेवा प्रदायकले समेत यस्तो छुट दिने व्यवस्था मिलाउने निर्णय गरिएको छ ,त्यस्तै नेपाल विद्युत प्राधि`करणले मासिक १५० युनिटसम्म विद्युत खपत गर्ने ग्राहस्थ ग्राहकको विद्युत महशुलमा २५ प्रतिशत छुट दिने कार्यलाई निरन्तरता दिने निर्णय बैठकले गरेको छ।

त्यस्तै मासिक २५० युनिटसम्म विद्युत खपत गर्ने ग्राहस्थ ग्राह`कलाई लकडाउनको अवधिभर विद्युत महसुलमा १५ प्रतिशत छुट दिने निर्णय बैठकले गरेको छ ।

त्यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चामल, पिठो, दाल, नुन, चिनी, खाने तेल लगायतका खाद्य सामग्रीको हाल कायम रहेको मूल्यमा १० प्रतिशत छुट दिने र सबै कृषि उपजको खरिद किसानबाट गर्ने व्यवस्था मिलाउने निर्णय सरकारले गरेको छ ।

Related Articles

Back to top button
Close