International NewsVideos

ऋषि कपुरको अन्तिम सं`स्कारमा यसरि गरिदै, अस्पतालबाट श`व यसरि निकालेर लगियो (भिडियो)

एजेन्सी- बिहीबार बिहान मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा नि`धन भएका उनको अन्तिम संस्कारमा १५ जना मात्र सहभागी हुने भएका छन् । उनको अन्तिम संस्कारमा मात्रै १५ जना उप`स्थित हुने भारतिय संचार माध्यमले जनाएको छ । आज भएको असहमाहिक निधले बलिउड शोकको घडिमा पुगेको छ । उनले निधन प्रति बलिउड कलाकार देखि नेता संम्मले दुख ब्यक्त गरेका छन् ।

बलिउडका अभिनेता ऋषि कपूरको पूरा नाम ऋषि राज कपूर हो। उनलाई चिन्टु जी भनेर बोलाइन्थ्यो। उनको जन्म १९५२ को सेप्टेम्बर ४ मा मुम्बईमा भएको हो ।उनका पिता राज कपूर त्यतिबेलाका चर्चित अभिनेता थिए, त्यसैले ऋषि पढाई भन्दा अभिनय क्षेत्रमा नै सक्रिय भए। उनको पढाई विद्यालय स्तरमा नै रोकियो, ऋषि कपूरलाई अभिनयमा सानैबाट शोख थियो भन्ने कुरा काका शशी कपूरले बताएका थिए।

उनले सन् १९७० मा बनेको चलचित्र ‘मेरा नाम जोकर’ बाट काम सुरु गरेका हुन्। तर चलचित्रमा उनको उपस्थिति चलचित्र ४२० बाट भएको हो। यो चलचित्रमा राज कपूरका तीन सन्तान देखिएका छन्। पेशागत रुपमा काम सुरु गरेको चलचित्र ‘मेरा नाम जोकर’ ले उनलाई ‘राष्ट्रिय चलचित्र सम्मान’ दिलायो। भनिन्छ, यो चलचित्र राज कपूरको ड्रिम प्रोजेक्ट थियो।

कलाकारिता क्षेत्रमा ऋषि कपूरले जसरी योगदान दिएका छन्, उनको योगदानलाई कदर गर्दै सन् २००८ मा फिल्म फेयर लाइफटाजइम अचिभमेन्ट अवार्ड पनि दिइएको थियो। यस्तै सन् २०१६ मा स्क्रिन लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका थिए। उनलाई सन् २००९ मा रसियाको सरकारले चलचित्र क्षेत्रमा योगदान पु¥याएको भन्दै सम्मान पनि गरेको थियो। पछिल्लो समय उनले अभिनय गरेको चलचित्र ‘कपूर एण्ड सन्स’ मा ऋषि कपूरलाई बेस्ट सर्पोटिङ एक्टर लगायत थुप्रै अवार्डले सम्मान गरिएको थियो। यो भन्दा तल २ वटा भिडियो छन् हेर्नुहोला

Related Articles

Back to top button
Close