Science & Tech News

पृथ्वी`लाई कुनै अ`सर नगरि सुर-क्षित रुपमा पार भयो छुद्र-ग्रह !!!

अमेरिकी वैज्ञानिक संस्था नासाले बुधवार एउटा विशाल छुद्रग्रह पृथ्वीलाई कुनै असर नगरि सुरक्षित रूपमा पार भएको जनाएको छ। छुद्रग्रहलाई लिएर विभिन्न शं`का उत्पन्न समेत भएका थिए। तर, नासाले पूर्वानु`मान अनुसार नै उक्त छुद्रग्रह गुज्रेको जनाएको छ।

पृथ्वीको इतिहासमा यस्ता किसिमका क्षुद्रग्रह पृथ्वीमा ठोक्किएर ठूलो `क्षति पुगेका घटना पनि छन्। त्यसैले क्षुद्रग्रह पृथ्वी नजिक आउने खबरले मानिस त्रसित बन्ने गरेका छन।

 

आज पृथ्वीलाई पा`र गरेर गएको क्षुद्र`ग्रह सन् १९९८ जुलाई २४ तारिख पत्ता लागेको थियो। त्यसैले यसको नाम १९९८ ओआर २ हो। यो क्षुद्र`ग्रहलाई मानिसहरुले विभिन्न ठाँउबाट टेलिस्कोपबाट अवलोकन गरेका थिए।

Related Articles

Back to top button
Close