International NewsVideos

इरफान खानको निधन पछि बलिउडमा रुवाबासी, ५४ बर्षमै नि`धन हुँदा यसो भने बलिउड कलाकारले (भिडियोसहित)

भारतीय चलचित्र अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा क्यान्सर रोगको उपचारकै क्रममा मुम्बई स्थित एक अस्पतालमा बुधबार नि`धन भएको छ । खानका प्रवक्ताका अनुसार इरफानको निधन मुम्बइ स्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालमा नि`धन भएको हो ।सन् १९८८ मा एकाडेमी अवार्डमा मनोनयनमा पर्न सफल “सलाम बम्बे” बाट चलचित्र क्षेत्रमा इरफान प्रवेश गरेका थिए ।

यो चलचित्र मुम्बईका सडक बालबालिकाको कथामा आधारित थियो । इरफान खान मुम्बईमा मात्र सीमित भएनन् । उनले निकै ख्याती कमाएका “स्लमडग मिलेनियर”, “जुरासिक वल्र्ड”, “दी अमेजिङ स्पाइडर–म्यान” र “लाइफ अफ पाई” जस्ता चलचित्रमा समेत काम गरेका थिए ।उनले सुप्रसिद्ध चलचित्र निर्देशकहरु मिरा नायर, वेस एन्डरसन र आङ ली सँग पनि काम गरेका थिए । सन् २०१८ मा इरफानलाई क्यान्सर भएको पत्ता लागेको थियो । त्यसपछि उनको उपचार बेलायतमा गरिएको थियो । खानको अल्पायूमै भएको निधनप्रति भारतीय चलचित्र क्षेत्रका व्यक्तित्वहरुले दुःख प्रकट गरेका छन् ।

सन् २०१८ मा इरफानलाई न्युरोइन्डोक्राइन ट्युमरभएपछि अभिनेता खान उपचारका लागि लन्डन पुगेका थिए। आफूलाई कान्सर लागेको थाहा पाएपछि पनि उनले हिम्मत हारेनन्। आएका हरेक चुनौतीहरुलाई सम्हाल्दै उनले तिनको सामाना गरेर अगाडि बढे। गत वर्ष उपचारपछि लन्डनबाट भारत फर्केका इमरान कोकिलाबेन अस्पतालका डाक्टरको रेखदेखमा नियमित चेकजाँच गराइरहेका थिए। गत शनिबार बिहान मात्र उनकी आमा सइदा बेगमको ९५ वर्षको उमेरमा निधन भएको थियो । कोरोना भाइरस संक्रमण रोकथाम तथा निय`न्त्रणका लागि लगाइएको लकडाउनका कारण उनी आमाको अन्तिम संस्कारमा जान पनि पाएका थिएनन् । उनी भिडियो कन्फरेन्समार्फत आमाको अन्तिम संस्कारमा सहभागी भएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

गत वर्ष इरफान खान लन्डनमा उपचार गराएर फर्किएका थिए। त्यसयता उनको कोकिलाबेन अस्पतालमा चिकित्सकहरूको निगरानीमा उपचार चल्दै आएको थियो। ‘अङ्ग्रेजी मीडीअम’ चलचित्रमा काम गर्ने क्रममा पनि उनको स्वास्थ्य बिग्रिएको महसुस गरिएको बताइएको छ।उक्त चलचित्रको छायाङ्कन कैयौँ पटक रोक्नुपरेको थियो। इरफानले स्वस्थ महसुस गरेपछि कतिपय दृश्यको छायाङ्कन गरिएको थियो। हालै इरफान खानकी आमा सईदा बेगमको जयपुरमा निधन भएको थियो। लकडाउनका कारण इरफान खानले आफ्नी आमाको अन्तिम संस्कारमा सहभागी हुन पाएका थिएनन्। भिडिओ कलबाट उनले धार्मिक विधिअनुसार गरिएको अन्तिम संस्कारमा सहभागिता जनाएको बताइएको छ।

इरफान खान मस्तिष्कमा हुने ‘न्यू’रोएन्ड्रो’क्राइन ट्यू’मर’ बाट पीडित थिए। दुई वर्षअघि उनको रोग निदान भएको थियो। त्यसपछि उनी आफैँले ट्विटरबाट आफूलाई लागेको रोगबारे जानकारी दिएका थिए। त्यस बेला उनले ट्वीट गरेका थिए, “जिन्दगीमा अक`स्मात् कहिलेकाहीँ यस्तो हुन्छ जसले तपाईँलाई अघि लिएर जान्छ। मेरो जिन्दगीका पछिल्लो केही समय यस्तै रह्यो। मलाई न्यूरोएन्डोक्राइन ट्यू’मर नामक रोग लाग्यो। तर मेरो आसपास भएका मानिसको प्रेम र शक्तिले मलाई आशा जगाइदिएको छ।” रोगबारे थाहा भएपछि उनी उपचारका लागि लन्डन गएका थिए। एक वर्ष त्यहाँ उपचार गराएर उनी मार्च २०१९ मा भारत फर्किएका थिए। उनको मृ/त्युलाई लिएर अहिले बलिउडाका दिग्गज कलाकारदेखि भारतीय रजानीतिकर्मीहरुले शोक व्यक्त गरिरहेका छन्।

Related Articles

Back to top button
Close