International NewsThoughts

इरफान खानको निधले अमिताभ ब`च्चन दुखी, भने बलिउडकै एक महत्वपूर्ण योगदानकर्ता भगवानको प्यारो भए

एजेन्सी -बलिउड अभिनेता इरफान खानको आकस्मित नि`धन`को ख`बरले बलिउड शोखको घडिमा पुगेको छ । उनको बुधबार को रको`किलाबेन अस्पतालमा निधन भएको हो । केहि समय पहिला आमा गुमाएका खानको ५४ बर्षको उमेरमा आज निधन भएको हो ।

खानका प्रवक्ताका अनुसार इरफानको मृत्यु मुम्बइस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालमा निधन भएको हो ।सन् १९८८ मा एकाडेमी अवार्डमा मनोनयनमा पर्न सफल “सलाम बम्बे” बाट चलचित्र क्षेत्रमा इरफान प्रवेश गर्नु भएको थियो ।

यो चलचित्र मुम्बईका सडक बालबालिकाको कथामा आधारित थियो ।सन् २०१८ मा इरफानलाई क्यान्सर भएको पत्ता लागेको थियो । खानको अल्पायूमै भएको निधनप्रति भारतीय चलचित्र क्षेत्रका व्यक्तित्वहरुले दुःख प्रकट गरेका छन् ।

उनको निधन प्रति अभिनेता अमिताभ बच्चनले पनि दुख ब्यक्त गरेका हुन् उनले स्टाटसमा बलिउडकै एक महत्वपूर्ण योगदानकर्ता हामिबाट चाडै छोडेर गएको बताएका छन् ।

Related Articles

Back to top button
Close