News

कुलमानको चमत्कार लकडाउनकै बीचमा चाबहिल चुच्चेपाटीमा भूमिगत प्रसारण लाइन !!!

काठमाडौं- कोरोना भाइरसको कारणले मु`लुक ठ`प्प भएता पनि नेपाल विद्यु`त् प्राधि`करणले लकडा`उनकै बीचमा भूमि`गत विद्युतीय प्रसारण लाइन निर्माणलाई तीव्र`ता दिएको छ । काठमाडौं उपत्यका पू`र्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाले अहिले चाबहिल चुच्चे`पाटी गौश`ला सडक खण्डमा धमाधम भूमीगत वि`द्युतीय प्रसारण लाइन निर्मा`णमा गरिरहेको छ ।

सडक विभागले केही समयभित्रै सडक कालोपत्रे गर्न लागेकाले पनि प्राधिकरणले तत्कालै भूमिगत प्रसारण लाइन निर्माण गर्न लागेको हो ।काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृ`ढीकरण आयोजनाका लेखाप्रमुख शेखर`बिक्रम कार्कीले पर्याप्त सुरक्षा सतर्कता अपनाएर । लकडाउनकै बीचमा भूमिगत विद्युतीय प्रसारणलाइनको निर्माण गरिरहेको बताए ।

‘सडक विभागले चाबहिल चुचेपाटी सडक केही समयभित्रै कालोपत्रे गर्ने भनेकाले हामीले लकडाउनकै अवधिमा प्रसारणलाइनको काम सक्न लागेका हौं ।उनले भने, ‘यो खण्ड अबको केहीभित्रै प्रसारण लाइनको काम सम्प`न्न गर्नेछौं। ’ आयोजनाले लकडाउनकै अवधिमा साढे दुई किलोमिटर क्षेत्रमा भूमिगत प्रसारणलाइन निर्माणको काम गरिरहेको छ । उक्त निर्माण कार्यको ठेक्का सम्झौता २०७५ चैतमा भएको थियो। सम्झौता`अनुसार रत्न`पार्क वितरण केन्द्रमा भूमिगत विद्युतीकरण गर्न ३० महिनाको अवधि राखिएको छ ।

आयोजना अन्तर्गतको ११ केभीको १३५ किलोमिटर र ४०० भोल्टको दुई सय किलोमिटर भूमिगत विद्युती यलाइन विस्तार गर्न ।भ्याटसहित ८३ करोड १४ लाख लाग्ने अनुमान छ ।प्राधिकरणका अनुसार ‘होरिजेन्टल डाइमेन्सन ड्रिलिङ मेसिनको सहायताले जमिनमुनि खाल्डो खनेर ।बिजुलीको तार राखिनेछ। आयोजनाका अनुसार काठमाडौंको भित्री इलाका असन, इन्द्रचोक, न्युरोडहुँदै एअरपोर्ट, चाबहिलदेखि बौद्धसम्म भूमिगत ।तार विस्तार गर्न लागिएको हो काठमाडौं उपत्यका मध्य तथा उत्तर विद्युत् वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख अभिषेक अधिकारीले कोरोना भाइरसको ।

संक्रमणको कारणले भएको लकडाउनको कारणले महाराजगन्ज वितरण केन्द्रबाट गरिने भूमिगत विद्युतीय प्रसारणलाइनको निर्माणको कार्य प्रभावित ।भएको बताए। ‘लकडाउन भएसँगै महाराजगन्ज खण्डको काम प्रभावित भएको छ ,’ उनले भने, ‘हाम्रो नभएपनि चाब`हिल चुच्चेपाटी सडक खण्डमा भने ।काम भइरहेको छ। ठेकेदार कम्पनीले मजदूरको जुगाड गरेर एक दुईदिनभित्रै काम सुरु गर्ने तयारी गरिरहेको छ ।आयोजनाले पछिल्लो समय बुढानिल`कष्ठ क्षेत्रमा भूमिगत प्रसारण लाइन निर्माणको काम सुरु गरेको थियो ।

Related Articles

Back to top button
Close