News

लक-डाउनमा ७० लाख महिला गर्भ“वती हुन सक्ने !!

काठमाडौं- राष्ट्र सङ्घी`य जनस`ङ्ख्या कोष (यूएनएफपीए) ले कोभिड–१९ को महा`मा`री विश्व`व्यापी फैलिरहेको हुनाले धेरै महिलाहरु परिवार नियोजनको पहुँचबाट टाढा रहने तथा अत्याधिक मात्रामा अनिच्छित गर्भधारणको वृद्धि हुने जनाएको छ ।

यू.एन.एफ.पि.ए.द्वारा मंगलबार जारी नयाँ प्रतिवेदनले महिलाले अनि`च्छित ग`र्भधानको सामना गर्नुपर्ने तथा परिवार नियोजनमा समेत असमर्थ हुने जनाउँदै अगामी महिनामा लै`ङ्गिक हिंसा र हानिकारक अ`भ्यासहरुको चपेटामा पर्नसक्ने प्रक्षेपण समेत गरेको छ ।

महिलाको यौ`न तथा प्रज`नन स्वास्थ्यमा कार्यरत निकायका रुपमा यूएनएफपीए क्रियाशील रहेका छ । कोभिड–१९ को जोखिमका प्रभाव महिला तथा किशोरीहरुमा धेरै मात्रामा पर्ने, उनीहरुको स्वास्थ्य सुविधामा सीमितता ल्याउने, यही सीमितता कारण नियमित जाँच समेत उनीहरुले छाड्न सक्ने र सि`ङ्गो स्वास्थ्य प्रणालीमा समेत ठूलो भार पर्न सक्ने प्रतिवेदनले औल्याएको छ ।

प्रतिवेदन भन्छ, ‘कोभिड–१९ का कारण वि`श्व`व्यापी आपूर्ति व्यवस्थामा आएको अवरोधले महत्वपूर्ण गर्भ निरोधकका साधनको अभाव हुन सक्छ । महिलाहरु घरमै बस्ने हुनाले लै`ङ्गिक हिंसा बढ्न सक्छ । महिला तथा किशोरीमा कोभिड–१९ ले थप प्रभाव पर्ने देखाउँछ । प्रतिवेदनले मध्य र कम आय भएका ११४ देशहरुका ४७ मिलियन महिला आधु`निक गर्भ निरो`धकका साधनबाट व`ञ्चित हुन सक्ने समेत प्रक्षेपण गरेको छ ।

‘कोभिड–१९ को महा`मा`रीले ग`हिरो अस`मानता निम्याउँदै छ । लाखौँ महिला तथा किशो`रीहरु आफ्नो परिवार नियोजन, आफ्नो स्वास्थ्य र शरिरको सुर`क्षा गर्ने क्षमता गुमाउने जोखिममा छन्’ यू.एन.एफ.पी.एका कार्यकारी निर्देशक डा नातालिया कनेमको भनाइ छ । महिलाको प्रजनन् स्वास्थ्य सेवा , अधिकारहरु सुरक्षित गर्न, निरन्तर जारी राख्न, आपूर्ति वितरणलाई सहज बनाउन र संकटासन्नहरुलाई सहयोग र संरक्षण गर्न प्रतिवेदनले जनाएको छ ।

प्रतिवेदनले मध्य र कम आय भएका ११४ देशहरुका ४७ मिलियन महिला आधुनिक गर्भ`निरोध`कका साधनबाट वञ्चित हुन सक्ने समेत प्रक्षेपण गरेको छ । लकडाउन ६ महिना लम्बिए तथा स्वा`स्थ्य सेवा पाउन अव`रोध कायम रहेमा ७ मिलियन अनि`च्छित गर्भधारण हुने, ३१ मिलियन महिला लैङ्गि`क हिंसामा घटना हुने सम्भावना औल्याएको छ ।

Related Articles

Back to top button
Close