News

कोका–कोलाले नेपालमा कोभिड–१९को साम`ना गर्न ८ करोड सहयोग गर्ने !!!

काठमाडौं— कोका–कोलाले नेपालमा कोरोना`भाइरस (कोभिड–१९)को सा`मना गर्नको लागि सहयोग स्वरुप ८ करोड दिने घोषणा गरेको छ ।

कोभिड–१९ महा`मा`रीको फैलावट र प्रभाव विरु`द्ध लड्न वि`श्वका सबैं ठाँउबाट सहयोग बढ्दै जाँदा नेपालमा कोका—कोलाले फ्रन्ट`लाइन स्वास्थ्य`कर्मी, आपत`कालिन कामदार र यस्तो अनि`श्चित समयमा धेरै प्रभा`वित भएका वेस्ट वर्कर`हरुलाई सहयोग पुर्याउन ८ करोड प्रार`म्भिक सह`योग गर्ने बाचा गरेको हो । कोका–कोलाले नेपालमा शुरु गरेको राहत कार्यक्रमले यस अभूतपूर्व समयमा देशभर १ लाख भन्दा बढि जीविकालाई लाभान्वित र सकारात्मक प्रभाव पार्ने उद्देश्य रहेको छ ।

नेपालमा कोका—कोलाले देशलाई सुर`क्षित राख्न अथक परि`श्रम गरिरहेका फ्रन्ट`लाइन स्वा`स्थ्य`कर्मीहरु र आपत`कालिन कामदा`रहरुका लागि आधा`रभूत स्वा`स्थ्य सुवि`धाहरु, आव`श्यक मेडि`कल उपकरण र व्यक्तिगत सुर`क्षा उपकरण (पी.पी.ई.) को वृद्धि गरि तत्काल राहत प्रदान गरी समुदा`यलाई सहयोग गर्न सक्रिय कदम चालेको छ ।

यसको साथै कम्पनीले आपतकालिन कामदारलाई पेय पदार्थ र दैनिक ज्यालामा निर्भर प्रभावित समुदायलाई खाद्यान्न राहत सामा`ग्रीहरु प्रदान गर्दै सहयोग गरेको छ । यी पहलहरु पर्टनर, गैर सरकारी संस्था र समुदायहरुको सं`युक्त प्रयासमा शुरु गरिएको जनाएको छ ।

कोका–कोलाले नेपालमा समुदाय`हरुलाई कोभिड–१९ विरुद्ध लड्न र यसको थप फैलावटलाई कम गर्न सहयोग पु¥याउन नेपाल रेडक्रस सोसाइटी र रिसाइक्लिङ पार्टनर क्रिय`शनसँग साझेदारी गरेको छ । कोका–कोला कम्पनी र बोटलिङ पार्टनर बोटलर्स नेपाल लिमिटेड यस विश्वव्यापी संकटमा आफ्ना कर्मचारी, उपभोक्ता र समुदायहरुको सुरक्षा र हित सुनिश्चित गर्न प्रतिबद्ध रहेका छन् ।

Related Articles

Back to top button
Close