International News

कतारले निकाल्यो नेपाली कामदार, ,कोठामा बसेको अवस्थामा प्रहरी ल्याएरै पुर्यायो जेल !!

कोभिड–१९ परी`क्षण गर्न लागिएको भन्दै कतारी अधि`कारीले स`यौं आप्रवासी श्र`मिकलाई आफ्नो नि’यन्त्रणमा लिएको र त्यसपश्चात कैयौंलाई स्वेच्छा`चारी ढङ्ग`बाट नि’ष्कासन गरेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ।

गत फागुन २९ र ३० मा कतार प्रहरीले गि’रफ्तार गरेको २० नेपाली श्रमिकसँग एम्ने`स्टीले गरेको अन्तर्वार्तामा उनीहरुले कोभिड–१९ परीक्षण गर्ने भनेर हिरासतमा लगिएको र त्यहाँ धेरै दिनसम्म राखेर पछि नेपाल फर्काएको बताएका छन्।

नेपाली कामदारलाई नि’यन्त्रणमा लिने क्रममा प्रहरीले सबैलाई कोभिड–१९ को परीक्ष`णका लागि लागेको तथा परीक्षण सकिएपछि उनीहरूलाई आ–आफ्नो आवासमा फर्काइदिने भनेको श्रमिकका भनाइ उद्धृत गर्दै एम्ने`स्टीले उल्लेख गरेको छ।

उनीहरूलाई किन यस्तो व्य’वहार गरिएको थियो भन्ने कुराको स्पष्टीकरण अझैस`म्म नपाएको एम्नेस्टीले जनाएको । एम्नेस्टी इन्टरनेसनल अन्तर्राष्ट्रिय मामिलासम्बन्धी निर्देशक स्टिभ ककबर्नले भनेका छन्, “न त उनीहरूले आफ्नो हिरासत र नि’ष्कास’नविरुद्ध कुनै उजुरी नै गर्न सकेका थिए।अमा’नवीय’रुपमा निकै दिन बिताएपछि धेरैजसोलाई नेपाल जाने विमानमा राख्नु अघि उनीहरूलाई आफ्नो सरसामान ल्याउन पनि दिइएको थिएन।”

कतारी अधिकारीले यो महामारीलाई आप्रवासी श्रमिकविरुद्ध थप गर्ने अवसरको रूपमा प्रयोग गरिनु दुःखद् भएको एम्नेस्टीले टिप्पणी गरेको छ। “यी दु-व्र्य-वहारमा परेका धेरैजसोले उनीहरूमा कोरोना सङ्क्र`मणको परी`क्षण गर्न लागिएको भन्दै प्रहरीले धोका दिएको महसुस गरेका छन्। कोभिड–१९ मानिसलाई स्वेच्छा`चरी रूपमा नियन्त्रणमा लिने कुनै बहाना होइन”, एम्ने`ष्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ। परेका आप्रवासी श्रमि`कलाई कतारले परि`पूरण उपल`ब्ध गराउनुपर्ने र उनीहरूले चाहेको खण्डमा कतार फर्कन दिनुपर्ने जनाएको छ । “उनीहरू कार्यरत कम्पनीहरूले श्रमिकले पाउनुपर्ने पारिश्रमिक लगायत अन्य रोजगार सुवि`धाहरू यथाशीघ्र भुक्तानी गर्नुपर्दछ”, एम्नेष्टीले भनेको छ।

कसरी भयो गि’रफ्तारी?

गत फागनु २९ र ३० गते सयौँ आप्रवासी श्रमिकलाई प्रहरीले घेरा हालेर निय’न्त्रणमा लियो र दोहाको औद्योगिक क्षेत्र, बारवा शहर र लेबर शहरसमेत विभिन्न भागमा उनीहरूलाई हिरासतमा राखिएको थियो। आफ्नो आवासबाट बाहिर सब्जी खाद्यान्नलगायत सरसामान किनमेल गर्न गएको बेला उनीहरूलाई गि’रफ्तार गरिएको थियो।केही श्रमिकले प्रहरीले उनीहरूलाई खासगरी कोभिड–१९ परीक्षणको लागि लान लागेको र पछि उनीहरूको आवासमै फर्काइदिने भनी भनेको बताएका थिए । अन्य श्रमिकले भने प्रहरीले अरेबिक भाषामा कुरा गरेको र आफूले ‘कोरोना’ भन्ने शब्द मात्र बुझेको बताएका थिए।

“हामीलाई भाइरस परीक्षणका लागि रोकिएको भनियो। प्रहरीले डाक्टर आएर भाइरस जाँच्ने भनी बतायो तर उनीहरूले हामीलाई ढाँटेका रहेछन्”, पीडित आप्रवासी कामदारको भनाइ उद्धृत गर्दै एम्नेष्टीले भनेको छ।त्यसपछि ती श्रमिकलाई बसमा राखियो र औद्योगिक क्षेत्रको हिरासत स्थलमा लगियो जहाँ उनीहरूको कागजात र मोबाइल फोन ज’फत गरियो। उनीहरूको फोटो खिच्नुका साथै औँठाको छाप पनि लिइयो। श्रमिकलाई विभिन्न देशका सयौँ अन्य मानिसहरूसँगै अ’मानवी’य अवस्थामा हिरासतमा राखिएको थियो। उनीहरूलाई खाट र ओड्ने ओछ्याउने नभएको एकदमै भि’डभाडयुक्त कोठाहरूमा पर्याप्त पानी र खानासमेत नदिएर राखिएको थियो।

“जेल मानिसले ख’चाख’च भरिएको थियो । हामीलाई दिनमा जम्मा एउटा रोटी दिइएको थियो जुन अपुग हुन्थ्यो । सबै मानिसलाई भूँइमा राखिएको हुन्थ्यो र खानालाई प्लास्टिकमा राखिएको हुन्थ्यो । भि’डभा’डका कारण कतिपयले त खानेकुरा लिनसमेत सक्दैनथे”, एक श्रमिकले एम्नेष्टीसँग भनेका छन्। अन्तर्वार्ता लिइएका २० जनामा तीन जनाले मात्रै हिरासतमा रहेको बेला उनीहरूको शरीरको तापक्रम मापन गरिएको बताएका थिए।

Related Articles

Back to top button
Close