Videos

भरतपुर कोरोना अस्पतालका कर्मचारीले रातमा सामान चोरेको भिडियाे फु`टेज सार्व`जनिक, देश`लाई दुखे`को बेला कर्म`चारीले लुटेर समान लगे (भिडियो सहित)

चितवन – चितवनको भरतपुरमा स्थापना गरिएको भरतपुर कोरोना विशेष अस्थायी अस्पतालमा कर्मचा`रीहरुले नै समान ओसार्ने (चोर्ने) गरेको आरोप लागेको छ । अस्पतालमा कार्यरत कर्मचारीहरुले रातको समयमा अस्पतालमा समान चो`री गरेको भिडियो भन्दै अहिले अस्पतालको सी.सी.टी.भी. फुटेज सार्वजनिक भएको छ ।

कोरोना आश`ङ्का गरिएका र सङ्क्र`मित बिरामीको उपचारका लागि भनेर भरतपुर महा-नगरपालिकाले बनाएको भरतपुर कोरोना अस्पतालमा कार्यरत कर्मचारीले सामान रातको समयमा पोको पारेर लगेको भिडियो बाहि`रिएपछि अस्पतालको व्यवस्थापनको पारद`र्शीता माथि अनेकौँ प्र`श्न उठेका छन् ।

सार्वजनिक भएको भिडियोमा अस्पतालमा कार्यरत भरतपुर महा-नगरपालिकाका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी स`ञ्जय बराल र भरतपुर महा-नगरपालिका स्वास्थ्य शाखाका अधिकृत सूर्य तिवारीले रातको समयमा अस्पतालको स्टोरबाट सामानहरु पोका बनाएर बाहिर निकालेको प्रस्ट देखिन्छ ।

रातको समयमा उनीहरुले अस्पता`लको स्टोरबाट समान छानेर निकालेर पोका/पोका बनाएको देखिन्छ । रातको समयमा सामान उठाएको दृष्यले उनीहरु त्यही समान चोर्नकै लागि राति अबेरसम्म अस्पतालमा बसेको भ`न्ने आरोप लागेको छ । भिडियोमा तीन जनाले पोका पोका बनाएर भाग लगाएको देखिन्छ ।

अस्पतालभित्र रहेको पङ्खा`, मास्क (मुखावरण), स्यानिटाइजर, मोनिटर स्क्रिन, बेगन, चप्पल, ग्लु स्टिक, साबुन छानी/छानी उठाएर प्याक गरेको भिडियोमा देखिन्छ । समान पोको पारेपछि स्टोर कोठामा बत्ती निभाएको देखिन्छ । केही समयपछि अँध्यारो कोठामा मोबाइलको उज्यालोको सहारामा तीन जना नै प्रवेश गरेर पोका बनाएर राखेको सामान तीनै जनाले उठाएर लगेको भिडियोमा देख्न सकिन्छ । पोकोसँगै अन्य समानसमेत खोजेको र लगेको भिडियोमा देखिन्छ ।

Related Articles

Back to top button
Close