Hot NewsVideos

कोरोना अस्पतालको सि.सि.टि.भी. फुटेज; कर्मचारी नै चोरीमा, लाखौं घोटालाको आशं`का (भिडियो सहित)

चितवन । कोरोना संक्र`मितको उपचारका लागि भरतपुर बनाएको भरतपुर कोरोना अस्पतालका सरसामान राति कर्मचारीहरूले पोको पारेर लगेको भिडियो सार्वजनिक भएको छ । अस्पतालका लेखा`पाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र महा-नगरपालिका स्वास्थ्य शाखाका अधिकृत सूर्य तिवारीले अस्पतालको स्टो`रबाट सामान बाहिर निकालेको भिडियोमा प्रष्ट देखिन्छ ।

खनाल नेपाल निजामती कर्मचारी संग`ठन चितवनका जिल्ला अ`ध्यक्ष हुन् भने बराल अस्पताल विकास समिति कर्मचारी युनियनका केन्द्रीय अध्य`क्ष हुन् । उनीहरूले स्टाण्ड फ्यान, सर्जिकल मास्क, कम्प्युटरको स्क्रिन, स्यानिटाइजर, चप्पल, ग्लुस्टिक, साबुन, लाम`खुट्टे भगाउने धुप, बेगन लगायतका सामान तीन पोका बनाएर निकालेको देखिन्छ ।

सामान पोको पार्नेहरू बत्ती निभाएर स्टोर कोठाबाट बाहिरिन्छन् र केही समयपछि मोबाइ`लको लाइटको साहारामा अँध्यारो कोठामा पसेर करिब आधा घण्टा अगाडि तयार बनाएर राखेको पोको उठाउँछन् । अरू केही सामानहरू खोजेको जस्तो पनि देखिन्छ ।

वीरग`ञ्जका बिरामी सन्तोष यादवको मृ`त्यु भएसँगै विवादमा परेपछि यो कोरोना अस्पताललाई भरतपुर अस्पतालको शाखा बनाउने निर्णय गरिएको थियो । भरतपुर अस्पताल मातहत चलाउने सम्झौता नै भएको थियो गत चैत २१ गते । भरतपुर अस्पतालले वैशाख १ गते दिउँसो सामा`नहरूको विवरण बुझेको थियो । खनाल, बराल र तिवारीले चैत ३० गते राति ९.३० बजेसम्म बसेर सामा`नहरू उठाएका थिए ।

उनीहरूले केही सामान आ-आफ्ना घर लगेका र केही नाराय`णगढको एक सर्जिकल पसललाई बेचेको स्रोत बताउँछ । आरोपीहरूले भने भरतपुर महा-नगरपालिकाको स्वास्थ्य शाखामा लगेको दाबी गरेका छन् । महा`नगरका लेखापाल खनालले आफूह`रूले सामान चोरी नगरेको दाबी गरे । राति मोबाइल बालेर सामान उठाउनुको कारण सोध्दा उनले भने, ‘दिउँसो नभ्याएर राति लैजानु परेको हो ।’

भरतपुर अस्प`तालको स्टोर शाखा प्रमुख केशव सापकोटा कोरोना अस्पतालबाट केही थान मास्क र पीपीई मात्र ल्याएको बताए । ‘हामीले वैशाख १ गते स्टोर जिम्मा लिए`पछि एक जना मान्छे पनि खटाए`का छौँ’, उनले भने, ‘त्यसभन्दा अगाडिको कुरा हामी जान्दैनौँ ।’

भिडियोमा लेखा`पाल खनालले इलेक्टि्र`सियन सन्तोष कुमारलाई हात हालेको पनि देखिन्छ । कुमार जाइलागेपछि खनाललाई जोगाउन बराल बीचमा आएको देखिन्छ । पे`स्की रकमको बिल नदिएपछि कु`टपि`ट गरेको लेखापाल खना`लले स्वीकार गरे ।

Related Articles

Back to top button
Close