Corona (COVID-19) Updates

झापामा थप अर्को व्यक्ति`मा देखियो कोरोना, संक्र`मित संख्या ५२ पुग्यो

काठमाडौं- झापामा थप एकजनामा कोरोना भाइरसको संक्र`मण देखिएको छ। स्वास्थ्य तथा जनसं`ख्या मन्त्रा`लयका अनुसार झापाका ५० वर्षिय पुरुषमा कोरोना संक्र`मण देखिएको हो।

यो सँगै नेपालमा कोरोना भाइरसको संक्र`मण देखिनेको सं`ख्या ५२ पुगेको छ। संक्र`मित मध्ये १६ जना भने उपचारपछि निको भइसकेका छन्।म`न्त्रा`लयका प्रवक्ता डा विकास देवकोटाका अनुसार नेपालमा हालसम्म ५१ हजार ३ सय ६७ जनाको नमूना परी`क्षण भएको छ। पछिल्लो २४ घण्टामा २ हजार ९६ जनाको नमूना परीक्षण भएको छ।

जसमध्ये आइतबार मात्र तीन नयाँ संक्रमित थपिएका छन्। हालसम्म पि.सि.आर.बाट ९ हजार ९ सय ३१ र आरडिटिबाट ४१ हजार ४ सय ३६ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ४ हजार ३ सय ८, प्रदेश २ मा ५ हजार १ सय ४१, बागमतिमा ७ हजार ५ सय ९१, गण्डकीमा ४ हजार ९ सय २४, प्रदेश ५ मा ३ हजार ३ सय २६, कर्णालीमा ४ हजार ९ सय ७४ र सुदुर पश्चिममा ११ हजार १ सय ७२ जनाको कोरोना परीक्षण भएको मन्त्रा`लयले जनाएको छ।

Related Articles

Back to top button
Close