NewsVideos

घरमा राहतको चामल थुपार्दै फेरी लिन आउनेलाई कृ`ष्ण कँडेलले बिच सडकमै यसरी उठबस गराए (भिडियो हेर्नुस्)

काठमाडौं । लामो समय देखि सरकारले गरेको लकडाउनका कारण सर्वसाधारण म`र्कामा परेका छन् । दिनहुँ कमाएर खानेहरु बेखर्ची भएर पैदलै सयौं किलोमिटरको दुरी पार गरेर घर पुग्न भन्दै हिडेका छन् । पैदल हिडेकाहरुको पनि बाटोमा खान नपाएर बिचल्ली भएको छ ।

साना बालबालिका बोकेर हिडेकाहरुको बिजोग अवस्थाको त`स्बिर सार्वजनिक भएको छ । यस्तो अवस्थामा काठमाडौंमा विभि`न्न क्षेत्रका ब्यक्ति सहयोगका लागि बाहिर निस्केका छन् । सरकारले पनि राहत वितरण गरिरहेको जनाएको छ । तर त्यो राहत वास्तविकले पाउन नसकेको समाचार पनि आइरहेका छन् ।

कलाकार, ब्यवसायी र केही सामाजिक अभियन्ता अहिले राहत र सहयोग जुटाउने काममा लागेका छन् । केहीले स्थानिय तहसंग समन्वय गरेर राहत वितरण गरिरहेका छन् भने केहीले आफैले विप`न्नलाई राहत दिइरहेका छन् । यसैबिच एविसी टेलिभिजनवाट प्रसारण हुने कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल पनि सहयोगका लागि सडकमा छन् । इन्द्रेणी फुडल्याण्डका अगाडी राहत दिन भन्दै निस्किएका उनका अगाडी हजारौंको भिड छ ।

उनको कार्यक्रम इन्द्रेणीमा विदेशमा बस्ने नेपालीहरुले विपन्न र अप्ठेरोमा परेकाहरुलाई सहयोगका लागि पैसा पठाउने गर्छन ,
विदेशमा बस्ने नेपालीले पठाएको रकमवाट उपचार नपाएका हजारौं नागरिकले उपचार पाएका छन्, विपन्नलाई राहत मिलेको छ धेरैले नयाँ जिवन पाएका छन् । अहिले लकडाउनका कारण अप्ठेरोमा परेकाहरुलाई सहयोग दिनु भन्दै विदेशमा बसेका नेपालीले पठाएको रकमवाट कृष्णले राहत वितरण गरिहरको छन् ।

यस्तोमा उनले राहत वितरण गर्ने स्थानमा आएका कतिपय वास्तविक विपन्न नभएर सम्पन्न पनि आएको देखेपछि कृष्णले त्यस्तालाई वाटोमै उठवस गराउँदै आइन्दा यस्तो गल्ती नगर्न बाचा गराइरहेका छन् । कतिपय त एक पटक राहत लिएर गएका पनि फेरी आएको पनि देखिएको छ । त्यस्तालाई माक्स खोल्न लगाएर माफि माग्न लगाएका छन् । कुनै परिवार यस्तो पनि देखि`योकी जसमा परिवारका सवै सदस्य राहत लिने लाइनमा लागेका छन् । त्यस्तालाई पनि उनले सबैको सा`मुन्ने माफि मा`ग्न लगाएर उठ`बस गराएका छन् ।

Related Articles

Back to top button
Close