लकडाउन खुले लगत्तै बिदेशमा १० लाख नेपालीले रोजगारी गु`मा`इ नेपाल फर्कने !
काठमाडौं– काठमाडौं – कोरोना भाइरस (कोभिड १९) बाट वि`श्वभ`र रोज`गारी गु`म्ने खतरा बढेसँगै सरकारले रोजगारी सिर्जना गर्न विशे`ष कार्यक्रम ल्याउने तयारी थालेको छ। आगामी बजेटमार्फत कम्तीमा १० अर्ब रुपैयाँभन्दा बढीको स्वरोजगार विशेष कार्यक्रम ल्याउन गृह`कार्य सरकारले गरिरहेको छ ।
कोरोनाका कारण नेपालमा २४ लाखभन्दा बढी र वैदे`शिक रोज`गारीमा कार्यरत झन्डै ४० लाख श्रमिकको रोजगारी जोखिममा परेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले रोजगारीको दोहोरो चापलाई थेग्ने गरी नयाँ कार्यक्रम ल्याउने तयारी भएको बताए ।
रोजगारीको अवसर गुमाएका सबैलाई समेट्ने गरी अहिलेका कार्यक्रमभन्दा फरक ढंगले स्वरोजगारका कार्यक्रम ल्याउन गृहकार्य भइरहेको उनको भनाइ छ। सरकारले विदेशमा रोजगारी गुमाएर फर्केका, विदेश जान नपाएर रोजगारी गुमाएका एवं कोरोनाका कारण स्वदेशमै रोजगारी गुमाएका सबैलाई समेटेर रोजगारीका नयाँ कार्यक्रम ल्याउन लागेको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीबारे सरकार अन्योलमा परेको बेला गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरसका कारण १० लाख नेपाली घर फर्कन सक्ने जानकारी गराएको छ । विश्वका अधिकांश मुलुकमा जारी लकडाउन खुलेलगत्तै ती नेपाली श्रमिक फर्कने भएकाले उनीहरुको व्यवस्थापनका लागि तयारी थाल्न सरकारलाई सुझाव समेत दिइएको छ ।
शनिबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको भिडियो कन्फेरेन्समा रसियाबाट बोल्दै संघका उपाध्यक्ष बद्रि केसीले लकडाउनको अन्त्यपछि १० देखि १२ लाख नेपाली घर फर्कन सक्ने सम्भावना देखिएको बताए । यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् । त्यस्तै अन्तर्रा्ष्ट्रिय श्रम सङ्गठन (आईएलओ)ले केहि समय अगाडी कोरोना भाइरस (कोभिड १९)को महामारीका कारण यो चैतदेखि असारसम्म खाडी क्षेत्रका धेरै रोजगारीका अवसर गुम्ने अवस्था रहेको अन्तर्रा्ष्ट्रिय श्रम सङ्गठन (आईएलओ)कोे नयाँ प्रतिवेदनमा जनाइएको छ ।
प्रतिवेदनमा यस अवधिमा खाडी क्षेत्रमा ८.१ प्रतिशत अर्थात् ५० लाख व्यक्तिले पूर्णकालीन रोजगारी गुमाउने उल्लेख गरिएको छ । यसपछि युरोपमा ७.८ प्रतिशत अर्थात् एक करोड २० लाख पूर्णकालीन श्रमिक बराबर र एसिया तथा प्यासेफिक क्षेत्रमा ७.२ प्रतिशत अर्थात एक अर्ब २५ करोड व्यक्तिले पूर्ण समय काम गर्ने बराबरको रोजगारी गुम्ने अवस्था रहेको पनि सोही प्रतिवेदनमा उल्लेख छ ।
रोजगारी गुम्नेमा धेरै प्रतिशत खाडी क्षेत्रमा भए पनि सङ्ख्या`का हिसाबले भने एसिया तथा प्यासे`फिक क्षेत्र अगाडि देखिएका छन् । कोभिड १९ का कारण रोजगारको क्षेत्रमा विना`श`कारी क्ष`ति हुने भन्दै आईएलओले विश्व`व्या`पी रूपमा यस अगाडिको तुलनामा ६.७ प्रतिशत कार्यसमय बराबरको रोजगारी घट्ने पूर्वानुमान गरेको हो । यो भनेको एक अर्ब ९५ करोड व्यक्तिको पूर्ण`कालीन काम बराबर हुने आईएलओको निष्कर्ष छ । प्रतिवेदन अनुसार विशेष`गरी सेवा तथा खा`द्य उ`त्पादन क्षेत्र, उद्योग लगायतका क्षेत्रमा बढी रोजगारी गुम्ने`छ ।
हाल कोभिड १९ का कारण वि`श्वका ८१ प्रतिशत व्यक्ति पूर्ण समय वा आंशिक समय काम गर्नबाट व`ञ्चित छन् । यो वि`श्वको कुल श्रम श`क्तिमध्ये ३.३ प्रतिशत हो । यसअघि आई.एल.ओ.ले कोरोना भाइरस (कोभिड–१९)को म हामा रीका कारण वि`श्व भर २५ करोड श्र`मिकले रोजगारी गुमाउने प्रारम्भिक अनुमान गरेको थियो ।