Political Views

प्रधान-मन्त्री र पार्टी दुबै पदबाट राजीनामा माग !

काठमाडौं, बैशाख १४-दुई विवा`दास्पद अध्या`देशबाट सुरु भएको आन्तरिक विवाद अब नेकपा र सरकारको नेतृत्व परिवर्तनको बहस सम्म पुगेको छ। उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी दुबै पदबाट राजीनामा दिन सुझाब दिएका खबर आजको नयाँ पत्रिका दैनिकमा शुरो`जंग पाण्डेले लेखेका छन्।

तर, ओलीले राजीनामा नगर्ने र सम्भावित सबै चुनौती सामना गर्ने जवाफ दिएका छन्। स्थायी समितिका २० सदस्यले लिखित माग गरे पनि अध्यक्ष ओलीले तत्काल बैठक बोलाउन स्वीकार गरेका छैनन्। तर, अर्का अध्यक्ष पुष्प`कमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल र प्रव`क्ता नारायणकाजी श्रे`ष्ठ बैठक बोलाउनुपर्ने पक्षमा छन्।

यही विषयमा छलफल गर्न ओलीले प्रचण्ड, नेपाल र गौतमलाई बालुवाटार बोलाएका थिए। मन्त्रि`प`रिषदले अध्यादेश पारित गरेर राष्ट्र`पतिबाट जारी भएको दिन बसेको स्थायी समिति बैठकमा खरो आलोचना गरेका वरिष्ठ नेता खनाल र प्रवक्ता श्रेष्ठलाई भने ओलीले शनिबार बालुवाटार बोलाएका थिएनन्।

तर, अध्यादेश जारी हुने दिन नरम देखिएका गौतमले भने ओलीको खरो आलोचना मात्र गरेनन्, ओलीको नेतृत्व असफल भएको भन्दै दुबै पदलबाट राजीनामा पनि मागे।

आफूले राजीनामा दिए कसलाई प्रधानमन्त्री र कसलाई अध्यक्ष बनाउने तयारी छ भनेर ओलीले गौतमलाई सोधेका थिए। गौतमको जबाफ थियो, ‘तपाईंले राजीनामा दिएपछि पार्टीले विधिसम्मत प्रक्रियाबाट निर्णय गर्छ। तर, सरकारलाई असफल र पार्टीलाई बदनाम बनाएर तपाईं बसिरहन मिल्दैन।’

Related Articles

Back to top button
Close