Corona (COVID-19) UpdatesInternational News

कोरोना भाइरस ‘कोविड १९’ को खोप विश्वका सबै नागरिकका लागि उपलब्ध हुने

संयु`क्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले कोरोना भाइरस ‘को`विड १९’ को खोप वि`श्वका सबै नागरिकका लागि उपलब्ध हुनुपर्ने बताउनुभएको छ । उहाँले शुक्रबार ट्वीट गर्दै भन्नुभएको छ, यो कुनै एक देश वा क्षेत्र विशेषका लागि होइन कि संसारमा सबै मानिसले उति नै दुःख पाएकोले यो खोप विश्वका सबै देशका लागि सुलभ हुनुपर्दछ । यो खोप विश्वका सबै नागरिकले उपभोग गर्न पाउने सार्वजनिक वस्तुजस्तै हुनुपर्ने उहाँको जोड छ ।

विश्वका केही देशले पछिल्ला केही दिनयता यो खोप मानिसमा परीक्षण गरेको भन्ने समाचार आएपछि महासचिव एन्टोनियो गुटर्रेसको यो भनाई आएको हो ।यो कोरोना भाइरसको प्रकोपका विरुद्ध खोप निर्माणको प्रतिश्पर्धा विश्वमा भइरहेकोमा दुई दिनअघि बेलायत र संयुक्त राज्य अमेरिकाले यो खोपको परीक्षण मानिसमा शुरु भएको बताएका थिए ।

बेलायतमा कोरोना भाइरस खोपको परीक्षण शुरु गरिएको समाचार बिहीबार मात्र सार्वजनिक भएको थियो । बेलायतले अक्सफोर्डमा मानिसमा कोरोनाभाइरस खोपको पहिलो परीक्षण सुरु गरिएको समाचार आएको थियो । उहाँले सो ट्वीट`मा भन्नु`भएको छ– अहिलेको सम्पूर्ण विश्वले नै यो कोभिड १९ को महा`मा`रीबाट मुक्ति चाहन्छ । मलाई लाग्छ यो नै संसारको जनस्वास्थ्यकै सबैभन्दा ठूलो उपलब्धि हुनेछ उहाँले भन्नुभएको छ । महा`सचिव गुटर्रेसले वि`श्व`व्यापी चासोको विषय भएकोले यससम्बन्धी तथ्यहरु सार्वजनिक गर्नुपर्ने र संसारका मानिसले पनि यसलाई औषधीका रुपमा प्रयोग गर्ने अधिकार राख्ने पनि बताउनुभएको छ ।

उहाँले यस्तो विश्व`व्यापी जनचासोको तथा नागरिकको जीवनसँग जोडिएको स्वास्थ्यको विषय भएकोले विश्वका सबै नागरिकलाई पनि ठूलो उपलब्धिको विषय हो भन्नुभएको छ ।उहाँले यो नयाँ प्रयासले विश्वका नेताहरु, निजी क्षेत्र तथा सरकारी निकाय तथा क्षेत्रहरु, वैज्ञानिक तथा मानवीय सहायतामा कामगर्ने विश्वका अधिकारकर्मी तथा नागरिक एवं विश्वमा जनस्वास्थ्यका क्षेत्रमा काम गर्ने सबैलाई एकै ठाउँमा ल्याएको पनि बताउनुभएको छ ।

उहाँले यो प्रयासका लागि वि`श्वका नेताहरुलाई धन्यवाद पनि दिनुभएको छ । विश्वव्या`पी रुपमा फैलिएको यो कोविड १९ को महा`मा`रीका विरुद्धमा एक भएर लड्न पनि उहाँले सबैलाई आ`ह्वान गर्नुभएको छ ।यसैबीच कोरोना`भाइरसका विरुद्ध खोप निर्माण गरेर पहिलो पटक परीक्ष`ण गरिएको समाचारमा जनाइएको छ । यस खोपको अध्ययनको लागि चयन गरिएका ८०० भन्दा बढी स्वयं`सेवकमध्ये दुई जनाबाट त्यस`को शुरुवात गरिएको बताइएको थियो ।

गएको तीन महिनाभित्रै यो खोप अक्सफोर्ड वि`श्वविद्यालयको एक टोलीले तयार पारेको बताइएको छ । सो अनुसन्धान टोलीको प्रमुखका रुपमा जेनर इन्स्चि`च्युटका खोप विज्ञानकी प्राध्यापक सारा गिल्बर्टले प्रि–क्लिनिकल अध्ययनहरूको नेतृत्व गरेर सो खोपको परीक्षणका लागि सार्वजनिक गर्नुभएको बताइएको छ !!

Related Articles

Back to top button
Close