Corona (COVID-19) UpdatesNews

एकै परिवारका तीन जनामा कोरोना सङ्क्र`मित भेटिएपछि दमकमा उच्च सतर्कता, सङ्क्र`मितको घर र भुटानी शरणा`र्थी शिविर समेत सिल

झापाको दमकमा शुक्रबार साँझ एक जना पुरुषमा कोरोना भाइरसको सङ्क्र`मण पु`ष्टि भएपछि यहाँ उच्च सतर्कता गर्न थालिएको छ ।

गत चैत ४ गते युनाइटेड अरव इरिमेट्स (दुबइ) बाट घर आएका २८ वर्षे छोरासहित एकै परिवारका तीन जनामा बिहीबार गरिएको आरडिटी परी`क्षणमा तीनै जनाको एण्टीबडी पोजेटिभ देखिएको र तीमध्ये ६२ वर्षीय बुबामा भने पि.सी.आर. परीक्षणका क्रममा कोरोना भाइरसको सङ्क्र`मण पुष्टि भएपछि सुर`क्षा सतर्कता थालिएको हो ।

सङ्क्र`मण पुष्टि भएलगत्तै नगरपालिकामा शुक्रबार साँझ नै बसेको बैठकले कोभिड–१९को सङ्क्र`मण देखिएको वडा आसपासका क्षेत्रमा थप कडाइ गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता तथा उपप्रमुख गीता अधिकारीले बता`उनुभयो । उहाँका अनुसार सङ्क्रमितको घर बिहीबार बेलुकादेखि नै सिल गर्नुका साथै त्यस घर नजिकैको भुटानी शरणार्थी शिविरसमेत सिल गरिएको छ ।

बिहीबार दमक–३ का एकै परिवारका तीन जनामा गरिएको ¥यापिड टेष्टमा एण्टीबडी पोजेटिभ देखिएपछि सुनसरीको धरानस्थित बिपी कोइराला स्वा`स्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पि..सी,आर, परी`क्षणका क्रममा एक जनामा कोरोना सङ्क्र`मण देखिएको थियो ।

दमक अस्पतालको आइसोलेसनमा ती सङ्क्रमितसहित सात जना राखिएको र उनीहरुको अवस्था सामान्य रहेको छ ।शुक्रबार सम्ममा दमकका विभिन्न तीन क्वारेन्टाइनमा ४१ जना रहेका छन् । दमक–४ स्थित मानसरोवरमा २१, दाहाल प्रतिष्ठानमा छ र जामे मस्जिदको क्वारेन्टाइनमा १४ जना रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Related Articles

Back to top button
Close