News

आन्तरिक उडान खुलाउने र लकडाउन खुकुलो बनाउने सरकारको तयारी

काठमाडौं, बैशाख १३-कोरोना संक्र`मण जोखिम रोक`थामका लागि लकडाउन लम्बिँदै जाँदा अर्थत`न्त्रमा नका`रा`त्मक प्रभाव पर्ने भएपछि सरकारले आन्तरिक उडानमा मापदण्ड बनाएर खोल्ने तयारी गरेको छ। नागरिक उड्ड`यन प्रधि`करणका महा`निर्देशक राजन पोखरेलका अनुसार कोरोनाको जो`खिम कम हुँदै जाँदा लकडाउन लगायत उडानसमेत खुला गर्दा अपना`उनुपर्ने मापद`ण्डबारे छलफ`ल भइर`हेको जानकारी दिए।

प्राधिकरणले पर्यटन मन्त्रा`लय, स्वास्थ्य सेवा विभाग र वायु सेवा सञ्चा`लक संघको समन्वयमा मापदण्ड तयार गर्न लागेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। आन्तरिक उडान खुला गर्ने मिति भने तय भइसकेको छैन। तैपनि आन्तरिक उडानलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको पोखरेलले बताए।

त्यस्तै सरकारले १५ वैशाखपछि पनि लकडाउन लम्ब्याउने निश्चित भएको छ । केही जिल्लामा भने लकडाउनको ढाँचा परिवर्तन गर्नेबारे छलफल अघि बढेको छ ।संक्रमण विस्तार हुँदै गएकाले लकडाउन अझै केही हप्ता लम्बिने कोरोना संक्र`मण निय`न्त्रण तथा रोकथाम उच्च`स्तरीय समितिमा रहेका एक म`न्त्रीले बताए । बिहीबारको मन्त्रि परिषद्को बैठकमा सं`क्र`मण नदेखिएका जिल्लामा उच्च सतर्कता अपनाएर केही व्यवसाय तथा विकास निर्माणका काम सुचारु गर्न सकिनेबारे छलफल सुरु भएको छ ।

प्रधानमन्त्री केपी ओलीले भारतको अवस्था हेरेर मात्र नेपालमा लकडाउनबारे निर्णय हुने बताएका छन् । संक्र`मण बढ्दै गएको भारतले २१ वैशाख सम्म लक`डाउन तोकेको छ । नेपालमा पछिल्लो चार दिनमा १८ जनामा संक्र`मण देखिएको छ । संक्र`मण तेस्रो चरणमा पुगेकाले जोखिम बढिरहेको स्वास्थ्य विज्ञहरूले बताएका छन् ।

उपत्यकामा चारजनामा संक्र`मण देखिएकोमा सबै निको भएर घर फर्कि`सकेका छन् । उच्च स्तरीय समितिले काठमाडौंमा अत्यावश्यक बाहेक थप केही उद्यो`ग चलाउन दिने सकिने बारे छलफल अघि बढाइएको छ ।

Related Articles

Back to top button
Close