Religious

नागमणी के हो ? किन करोडौ पैसा को खेल`वाड हुन्छ ? ईच्छाधा`री र नागमणी को खास कुरो पढ्नुहोस ! शेयर गरौ

सर्प यस्तो जीव हो जुन मानिसको लागि सदि`यौं देखि चासोको केन्द्र बन्दै आएको छ। सर्पको बारेमा अहिलेसम्म हजा`रौं खोज अनि अनुस`न्धान भइसकेको छ तर पनि अझै यो जीवको सबै रह`स्य खुलिसकेको छैन। पौराणिककाल देखिनै सर्पसंग जोडिएका सयौं मान्यता समाजमा फैलिएका छन्।

यी मान्यतामा केही अन्धविश्वास पनि नजोडिएका हैनन, जुन सदियौं देखि डरका कारण बन्दै आएका पनि छन्। यहाँ सर्पसंग जोडिएका यस्तै अन्धविश्वासको बारेमा चर्चा हुदैछ, मणिधारी नाग साच्चैको हुन्छ?

सर्पसंग जोडिएको यो मान्यता निकै चर्चित छ कि नाग संग चकमदार, अनि मुल्यवान मणि हुन्छ। जीव विज्ञानको अनुसार यो मान्यता केवल एक अन्धविश्वास मात्र हो। विश्वमा अहिलेसम्म जति पनि सर्पको बारेमा जानकारी प्राप्त भएको छ, ती सर्प मध्ये कुनै सर्पपनि मणि`धारी छैन।

के नाग इच्छाधारी हुन्छ?
मान्यता छ कि केही नाग इच्छाधारी हुन्छ अर्थात आफ्नो इच्छा अनुसार रुप बदल्न सक्छ र कहिले काही मानवकै रुप पनि धारण गर्दछ। तर यो केवल कथाको लागिमात्र सुहाउने विषयवस्तु हुन आउँछ, यो केवल कल्पना मात्र हो। यहि विषयमा अनेकौं फिल्महरु पनि बनाइएका छन्, त्यसैले पनि यो मान्यता चर्चित छ।

सर्पले आफ्नो साथीको मृत्युको बदला लिन्छ?
समाजमा निकै चलेको मान्यता मध्ये यो पनि एक पर्छ कि कसैले सर्प मारे मर्ने सर्पको आँखामा मार्ने मानिसको तस्बिर रहिरहन्छ, जसलाई चिनेर सर्पको साथी सो मानिसलाई पछ्याइ टोकेर साथीको मृत्युको बदला लिन्छ। सर्पको दिमाग यति पनि विकसित भएको हुदैन जति हामीले यो कथा बनाउँदा प्रयोग गर्छौ। निकै कम बौद्धिकता भएको प्राणीले यस्तो गर्नसक्छ भन्नु विज्ञानको दृष्टीबाट असम्भव देखिन्छ। जीव विज्ञानको अनुसार सर्पले मर्न समयमा एक गन्ध छोड्ने गर्छ जसलाई सुघेँर अन्य सर्प सो ठाँउमा आइपुग्छन्। यसैकारण यो अन्धविश्वास रहन गएको हो की सर्पले आफ्नो साथीको मृत्युको बदला लिन्छ।

सर्पले दुध पिउँछ र?
हिन्दु धर्ममा सर्पलाई दुध खुवाउने प्रचलन छ, जुन की पुरै गलत हो। सर्प मांसहारी जीव हो। सर्पले चरा, मुसा जस्ता साना-साना प्राणीको सिकार गरि खाने गर्छ। दुध सर्पको प्राकृतिक आहार होइन।न त सर्पले दुधको फाइदा र बेफाइदा छुट्याएर दुध खाने नखाने निर्णय गर्न सक्छ। समातर कोचाए नखाने हैन तर यो बु्द्धिमानी कार्य भने भएन।

Related Articles

Back to top button
Close