Religious

भेटियो पाथिभरा माताको साक्षा`त पाइला, पत्याउनै गारो हुने अनौठो रहस्य!!

अ`न्धवि`श्वास नै सहि तर अहिलेको २१ वौ शताब्दीमा पनि दैविक शक्तिमा वि`श्वास गर्नेको कुनै कमि छैन। त्यसैले त देवीदेवता चढेको भन्दै पुरुष बाबा अनि महिला माताहरु रातारात इन्टरनेट तथा सामाजिक संजालमा रातारात भाइरल हुँदै आएका छन्।

तर के सक्षात पाथिभरा माताको पाइला नै भेटियो भन्दा तपाइलाई पत्यार लाग्ला ? अवश्य दर्शकबृन्दहरु झट्ट सुन्दा कसैले विश्वास नगर्ने यो सत्यलाइ आज हामी तपाईहरु समक्ष प्रस्तुत गर्दैछौं। तपाईहरुलाई यदि पाथिभरा माता प्रति आश्था छ भने कृपया भिडियो को तल कमेन्ट बक्स मा गएर जय पाथिभरा माता लेखिदिनु होला।


पाथिभरा माताको नामले चिरपरिचित झापाका जनम भट्टराईले हाम्रो पहिलो अन्तरवार्तामा उनले आफुमा पाथीभरा माता नै प्रवेश भएको प्रमाण स्वरुप पाथीभरा माताको पाइला आफुसंग रहेको दावी गरेका थिए तर देखाएका भने थिएनन् । तर यो पटकको कुराकानीमा भने पाथिभारा माताको पाइला उनकै आँगनमा रहेको भन्दै उनले पाइला समेत देखाएका छन् ।

पाथिभरा माताको घर अगाडीपट्टिको आगन नजिकैको रुख मुनि बाट पाइला निकाल्ने क्रममा हात छिराएर हेर्दा पाउजु समेत प्राप्त गरेको उनले बताए। उक्त पाइला हेर्दा दुरुस्तै ७ वर्षको बच्चाको पाइला जस्तै छ। उनको हजुरबुबा ताप्लेजुङ्गमा हुँदा सपना मै देबी आएर झापामा राम्रो खालको जमिन छ त्यो किन्यो भने तिम्रो परिवारको कल्याण हुन्छ भनेका थिए। सोहि अनुसार उनको हजुरबाबले उक्त जग्गा किनेर घर बनाएका थिए। पछि त्यही जमिनमा पाथीभारा माताको पाइला भेटिएको र त्यही वर्ष १८ ओत पुराण लगाएर माताको आशन ग्रहण गरेका समेत उनले बताए।

उनी बसेको भुमिमा पाथीभाराको बास रहेको दाबि गर्दै उनी यस्तो भन्छन , ‘यहाँ आएर भक्तजनले दर्शन पाउँदा स्वयम माताको आशिर्वाद मिल्ने गर्छ। म आफैमा कुनै शक्ति छैन, यहाँ विरामी भएर आउनेलाई म आफैले ठिक पार्ने हैन त्यो त पाथिभरा माताले नै ठिक पार्नु हुन्छ। कुनै पनि दैविक शक्ति भएको व्यक्तिले मै भगवान हो भन्नु सरासर गलत हो।’उनी बाल्यअवस्था देखि नै भगवान प्रति आस्था राख्ने व्भर्खरै युवा जनाम भटराई भन्छन ‘२१ वौ शताब्दी भन्दैमा धार्मिक कुरालाई अन्धविश्वास मान्नु जायज होइन’ । २१ वौ शताब्दीमा पनि आद्यात्मिक शक्ति जीवितै छ।

Related Articles

Back to top button
Close