Corona (COVID-19) UpdatesInternational News

३ दिनमै कोरोना लागेर ३२ बर्षिय बीमा नाछिरिङ राईको नि`ध`न, ज्यान गुमाउने नेपालीहरुमा सबैभन्दा कम उमेर

बेलायतमा कोरोनाका कारण थप तीन जना नेपालीको नि`धन भएको छ । सङ्क्र`मण देखिएपछि दुई हप्ताअघि लण्डनको रोयल फ्री अस्पतालमा भर्ना भएका ७२ वर्षीय गोपाल शाहीको उपचारका क्र`ममा सोमबार राति नि`धन भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले बताउनुभयो ।

प्यूठान पुरानो घर भएका गुरुङ बसाइँसराइ गरी भारत बस्दै आउनुभएको थियो भने भूपू गोरखा सैनिकका परिवारलाई बेलायतमा बस्न दिने निर्णय भएपछि उहाँ लण्डनको ब`स्न थाल्नुभएको थियो । आफ्ना छोरी ज्वाइँ`लाई समेत बेलायत ल्याउन आर्थिक हिसाबले सजिलो होस् भनेर पछिल्लो समय उहाँले पूर्णकालीन रुपमा कामसमेत गर्दै आउनुभएको समाजसेवी लीलादेवी गुरुङले बताउनुभयो ।

त्यस्तै कोरोना सङ्क्र`मणबाट बेलायतमा थप एक नेपालीको बुध`बार निधन भएको छ । बेलायतको रेडिङ शहरमा बस्दै आउनुभएका ६५ वर्षीय हंश`राज लिङ्देनको उपचारका क्रममा रोयल बर्कसायर अस्पतालमा नि`धन भएको नातेदार विजयविक्रम लिङदेलले जानकारी दिनुभयो ।

तीन साताअघि अस्पताल भर्ना भए पनि तीन दिन पहिला मात्रै कोरोना भएको अस्पतालले पुष्टि गरेको थियो । उच्च रक्तचापको नियमित औषधि सेवन गर्ने लिङ्देल १४ वर्षदेखि परिवारका साथ बेलायत बस्दै आइरहनुभएको समाजसेवी कमल गुरुङ बताउनुहुन्छ ।

त्यस्तै खोटाङ घर भई हाल बेलायतको ननिटनमा बस्ने बीमा नाछिरिङ राईको पनि उपचारका क्रममा जर्ज इलिट अस्पतालमा निधन भएको हो । उहाँ भूपू गोरखा सैनिक डाकबहादुर राई र श्रीमती देशी राईकी माइली छोरी हुनुहुन्छ । उहाँ गत वर्ष मात्र बेलायत आउनुभएको थियो ।

एक साताअघि कोरोनाको सङ्क्रमण भएर अस्पताल भर्ना हुनुभएकी राईलाई पहिलेदेखि मिर्गाैलाको समस्या रहेको ब्रिटिश गोरखा भेट्रन्स एशोसिएशनका महासचिव भीम सारुमगरले जानकारी दिनुभयो । मिर्गौलाकी बिरामी राईलाई कोरोना संक्रमण भएपछि एक साता अघि सो अस्पताल भर्ना गरिएको थियो ।

Related Articles

Back to top button
Close