Corona (COVID-19) UpdatesInternational News

बेलायतमा कोरोना भाइरसविरुद्धको पहिलो खोप मानिसमा परीक्षण

एजेन्सी । बेलायतमा कोरोना भाइरस विरुद्धको पहिलो खोप मानिसमा प`रीक्षण गरिएको छ । बेलायतको अक्सफोर्ड वि`श्व`विद्यालयमा कोरोना भाइरस विरु`द्धको खोपको पहिलो मानव परी`क्षण सुरु भएको हो । बिहीबार सुरुमा २ जना स्वयंसेवकलाई इन्जे`क्सन दिइएको छ । खोपको परी`क्षण अध्ययनका लागि अन्य ८ सयभन्दा बढीलाई इन्जेक्सन दिइने तयारी गरिएको छ ।

खोप लिने दुईजनामध्ये एकजना एलिसा ग्रानाटोले बी.बी.सी.लाई भनिन्, ‘म एक वैज्ञानिक हुँ, त्यसैले जहाँ भए पनि वैज्ञानिक प्रक्रियालाई सहयोग गर्न प्रयास गर्न चाहान्थे ।’ यो खोप ३ महिनाभित्र अक्सफोर्ड वि.श्व.विद्यालयको टोलीद्वारा विकसित गरिएको हो ।

यो अभियानका लागि जेनर इन्स्टिच्यु टबाट भ्याक्सि नोलोजीकी प्रोफे सर सारा गिलबर्टले प्रि–क्लििनिकल अनुसन्धानको नेतृत्व गरेकी थिइन् । खोपको परी क्षण सुरु गरेपछि उनले भनिन्, व्यक्ति गत रुपमा मलाई यो खोपमा निकै वि श्वास छ’ प्रोफेसर गिल्बर्टले भनिन्, ‘मलाई ८० प्रतिशत आत्मविश्वास छ कि यो भ्याक्सिनले काम गर्छ ।’

बेलायतमा कोरोना संक्रमण तिव्र रुपमा फैलिरहेको छ । त्यहाँ संक्रमणबाट मृत्यु हुनेको संख्या १८ हजार ७ सय ३८ पुगेको छ भने संक्रमितहरुको संख्या १ लाख ३८ हजारभन्दा बढी देखिएको छ ।

Related Articles

Back to top button
Close