Political Views

अ’पहरण शैलीमा सांसदलाई होटलमा थुन्नेलाई कारवाही गर : भीम रावल

काठमाडौं : नेकपाका नेता भीम रावलले अध्यादेश प्रकरणलाई लिएर फेरि कडा टिप्पणी गरेका छन् ।आफ्नै पार्टीका कार्यकारी नेतृत्वप्रति लक्षित गर्दै उनले टिप्पणी गरेका हुन् । नेता रावलले सिद्धान्त, आदर्श, मुल्य र मान्यताको ध’ज्जी उडाउँदै राजनीतिलाई फोहोरी आहाल बनाइ बदनाम गर्ने विगत दोहोरिएको बताए । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।’

समाजवादी पार्टीका सांसदलाई नेकपाका नेताहरुले ‘अ’पह’रण’ गरी काठमाडौं ल्याएको समाचार आएपछि नेता रावलले त्यसमा असन्तुष्टि व्यक्त गरेका हुन् ।

नेता रावलले लेखेका छन्, ‘सत्ताको खेलमा सांसदलाई होटलको कोठामा थुनेर, अ’पहरण शैलीमा तराईबाट काठमाडौं ल्याएर सिध्दान्त, आदर्श, मूल्य र मान्यताको ध’ज्जी उडाउँदै राजनीतिलाई फोहरी आहाल बनाई बदनाम गर्ने विगतको दुःखद स्थिति अध्यादेश प्रकरणमा दोहोरिएको छ । यसको छानविन गरी गैरकानुनी कार्य गर्नेलाई कार्वाई हुनुपर्छ ।’

नेता रावलले यसअघि सरकारले ल्याएका दुई अध्यादेशमाथि पनि कडा आ’पत्ति जनाएका थिए । उनले अध्यादेशले देशमा अनिष्ट ल्याउने भन्दै सरकारको आलोचना गर्दैआएका छन् ।

Related Articles

Back to top button
Close