Corona (COVID-19) UpdatesNews

जीवन रक्षाका लागि लकडाउन वैशाख २२ गतेसम्म लम्ब्याउने सरकारको तयारी !

काठमान्डौ , कोरोना भाइरस संक्र`मितको सं`ख्या धमाधम बढ्न थालेपछि सरकारले लकडाउन थप गर्ने तयारी गरेको छ ।कम्तिमा थप एक हप्ता लकडाउन लम्ब्याउने तयारी भइराखेको एक म`न्त्रीले जानकारी दिएका छन् । उनका अनुसार लकडाउन लम्ब्याउने विषयमा बिहीबारको मन्त्रि`परिषद् बैठकमा छलफल भएको थियो ।

त्यसमा प्रधान`मन्त्रीदेखि अधिकांश मन्त्री सहमत देखिएका छन् । प्रधानमन्त्रीले त लकडाउन लम्ब्या उनैपर्नेमा जोड दिएका थिए । खुल्ला सीमा भएको छिमेकी मुलुक भारतमा झनै तिव्र गतिमा संक्र`मित भेटिएका कारण नेपालमा त्यसको प्रभाव पर्नसक्ने भन्दै लकडाउन थप्नुपर्नेमा स्वास्थ्य विज्ञहरुले जोड दिँदै आएका छन् ।

लकडाउन खोले कोरोनाले भया`वह रुप लिनसक्ने आकलनसहित सरकार लकडाउन लम्ब्याउने पक्षमा देखिएको छ । सरकारका प्रवक्तासमेत रहेका स`ञ्चार र अर्थमन्त्री युवराज खतिवडाले सरकारले छिमेकी मुलुकमा कोभिड–१९ को रोक`थामका प्रयासको सफलता र त्यसविरुद्ध मुलुकले चालेको कदमको प्रभावकारिता हेरेर मात्रै लकडाउन लम्ब्याउने या खोल्ने नि`र्णय गर्ने बताएका छन् ।

उनले भने, “लकडाउन खोल्ने हो भने मुलुकको स्वा`स्थ्य परी`क्षणको विधि, उपकरण र स्वास्थ्य`कर्मी ठिक ठाउँमा छन् की छैनन्, स`ङ्क्र`मणको दर बढ्ने अवस्था भयो भने हाम्रो सम्पूर्ण पूर्वाधार पर्याप्त छ की छैन हेर्नुपर्छ,” मन्त्री खतिवडाले थपे, “नागरिकमा पर्याप्त चेतना, सामाजिक दूरी र अनुशासन छ की छैन, यी यावतु कुरा हेरेर जोखिममुक्त छौँ भनेपछि मात्रै खोल्ने हो ।”

जीवन रक्षाका लागि लकडाउनको अवधीलाई अगाडि बढाउनुपर्ने आवश्यकता रहे बढाउनुपर्छ ।”उनले लकडाउन लम्बिँदै गर्दा जीवनलाई चाहिने न्यूनतम आपूर्तिजन्य कुरालाई परिपूर्ति गर्न केही सहजता अपनाउनुपर्ने आवश्यकता रहेकाले त्यसतर्फ सरकार अघि बढेको बताए ।चैत ११ गते सुरु भएको लकडाउन पटक पटक गरी वैशाख १५ सम्म लम्ब्या`इएको छ।

Related Articles

Back to top button
Close