Corona (COVID-19) Updates

टेकुले कोरोना छैन भनेर डिस्चा`र्ज भैसकेका किशोरमा कोरोना पोजे`टिभ देखिएपछी फेरी सन्त्रा`स फैलियो

लहान- राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको नमुना परी`क्षणमा सर्लाहीका एक किशोरमा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ पाइएको छ। उनी प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा भर्ना भएको तेस्रो दिन डिस्चा`र्ज भएका थिए। उनी १४ वर्षका थिए। दिल्लीबाट फर्केका ती किशोर बैशाख ५ गत्ते प्रादेशि अस्पताल जनकपुरमा भर्ना भएका थिए।

भोलिपल्ट (बैशाख ६) उनको स्वाव संकलन गरी प्रादेशिक अस्पतालको प्रयोग`शालामा परी`क्षण गरिएको थियो। बैशाख ७ गत्ते उनको परी`क्षण परिपोर्ट नेगेटिभ आएपछि आइसोलेसनबाट डिस्चा`र्ज गरेर सर्ला`हीको धनकौल स्थित क्वारे`न्टाइनमा पठाएको प्रादेशिक अस्पताल जनकपुरका डाक्टर कुलदीप पण्डितले बताए।

यात्रा विवरण दिल्ली भएकाले प्रादेशिक प्रयोगशालामा परी`क्षण गरिएकै स्वाव पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पाठाइएको थियो। जसको परीक्षण रिपोर्ट आज पोजेटिभ आएको छ डाक्टर पण्डितले नागरिकसँग भने,‘अब ति किशोरको सम्पर्कमा आएका सम्पूर्ण व्यक्ति पहिचान गरि पीसीआर परीक्षण गर्छौ।’

पीसीआर परी`क्षण नेगेटिभ देखिएपछि धनकौल फिर्ता ल्याएर गाउँ`पालिकाकै क्वारेन्टटाईनमै राखिएका ती किशोरलाई बुधबार मात्र घर फिर्ता पठाईएको थियो। तर विहिबार दिउँसो ती किशोरको स्वाब परीक्षणमा कोरोना भाईरस पोजेटिभि देखिएको भन्दै टेकु अस्पतालबाट खबर आएपछि सर्लाहीमा स`न्त्रास छाएको छ। यो खबर नागरिक दैनिकमा छ ।

Related Articles

Back to top button
Close