International News
भारतकी राष्ट्रपति प`त्नी सविता कोविन्द धमाधम मास्क सिउँदै
एजेन्सी, ११ वैशाख । भारतका राष्ट्रपति रामनाथ कोविन्दकी पत्नी सविता कोविन्द मास्क सिउन थालेकी छिन् । उनले मुखमा लगाउने मा`स्क सिइरहेको तस्बिर समेत सार्वजनिक भएको छ ।
भारतीय समाचार एजेन्सी ए.एन.आइ.का अनुसार प्रथम महिला सविता कोविन्दले राष्ट्रपति भवनको शक्ति हाटमा मास्क सिइरहेकी छिन् । कोभिड-१९ वि`रुद्धको लडाईंमा प्रयोग हुने मास्क तयार गरेपछि दिल्लीको आ`श्रमहरुमा वितरण गरिनेछ ।
मास्क बनाइरहँदा कोविन्दले आफै पनि रातो मास्क लगाएकी छिन् । मास्क सिएर कविताले सबैले आ आफ्नो स्थानबाट कोभिड-१९ विरु`द्धको लडाईंमा एकजुट हुने सन्देश दिएको जनाइएको छ ।-Photo Source: ANI