Corona (COVID-19) Updates

युरोपमा अब पानीमा पनि कोरोना भाइरस भेटियो कोरोना भाइरस

एजेन्सी- पानीमा पनि कोरोना भाइरस भेटिएको छ । फ्रा`न्सको राज`धानी पेरिसमा पानीको पाइ`पमा कोरोना भाइरस भेटिएको हो । २७ वटा पानीको नमू`ना परी`क्षण गर्दा कोरोना भाइरस भेटिएको हो । कोरोना भाइरस कसरी पानीमा प्रवेश गर्यो भन्ने विषय पत्ता लगेको छैन ।

सडक सफा गर्ने, भवन निर्मा`णमा प्रयोग गरिने, फूल`बारी, बगैंचामा सिंचाइ गर्ने र आगजनी हुँदा प्रयोग गर्ने पानीमा कोरोना भाइरसको अंश फेला परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।पेरिस महा-नगरपालिका प्रमुख आन डि`हाल्गोले कोरोना भाइरस सडक सफा गर्ने, आगलागी निभाउने, बोटबिरुवामा सिं`चाइ गर्ने, निर्मा`णमा प्रयोग गर्ने पानीको पाइपलाइनमा फेला परेको बताउँदै पिउने पानीका लागि भने जोखिम नभएको बताएका छन् ।

यसअघि वि`श्व स्वास्थ्य संग`ठनले पानीको माध्यामबाट कोरोना भाइरस संक्र`मित नहुने बताएको थियो । महा-नगरपालिकाको खानेपानी विभागको प्रयोगशालाले २७ वटा नमुना परी`क्षण गर्दा चार वटा नमुनामा कोरोना भाइरस फेला परेको हो ।

त्यसलगत्तै जनस्वास्थ्यलाई ख्याल गरेर अधिकारीहरुले पेरिसका पानीका सबै पाइपलाइनको सञ्जा`ल विच्छेद गर्न निर्देशन दिएका थिए । तर पिउने पानीका पाइपलाइन भने अलग्गै सं`यन्त्र, मार्ग र पाइप`बाट आउने र तिनमा भाइरस फेला नपरेकाले सुरक्षित रहेको दाबी गरेका छन् ।

Related Articles

Back to top button
Close